YouTube Link

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूसी कम्पनीमाथि निर्माणाधिन पाइपलाइन प्रतिबन्ध लगाउन हस्ताक्षर

Facebook Link

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले फाइदा लिनसक्ने भन्दै चासो ब्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ग्यास पाइपलाइन निर्माणको जिम्मा पाएका कम्पनीहरूलाई प्रतिबन्ध लगाउनका पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णयप्रति यूरोपेली संघ (इयू) ले असन्तुष्टि प्रकट गरेको छ । ट्रम्पले वासिङ्टन, डीसीबाहिर ‘जोइन्ट वेस एन्ड्रुज’ नामक वायुसेनाको शिविर स्थापना गर्ने विधेयक र रूस–यूरोप पाइपलाइन निर्माण कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णयमा एकैसाथ हस्ताक्षर गरेका हुन् । बाल्टिक सागरमुनि करिब ११ अर्ब अमेरिकी डलर लगानीमा निर्माणाधिन ‘नर्डस्ट्रिम टु पाइपलाइन’ को निर्माणपछि यूरोपको शक्तिशाली अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा रूसले आफ्नो ग्यास आपूर्तिलाई दोब्बर बनाउने लक्ष्य राखेको छ ।

अमेरिकी सांसदहरूले पाइपलाइनले दुश्मन शक्ति (रूस सरकार)लाई सम्पन्न बनाउने र यसबाट रूसी नेता भ्लादिमिर पुटिनको यूरोपमा प्रभाव बढ्ने निष्कर्षसाथ अमेरिकी दुबै सदनले प्रतिबन्धलाई अनुमोदन गरेको हो । कङ्ग्रेसका दुबै सदनले प्रतिबन्ध लगाउने कानूनलाई मङ्गलबार अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।

यसैबीच अमेरिकाले आफ्नो आन्तिरिक मामिलामा हस्तक्षेप गरेको भन्दै जर्मनीले अमेरिकी उक्त कदमको विरोध गरेको छ । यसप्रति रूस र इयूले पनि अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् । ट्रम्पले प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेको एक दिनपछि मस्को र यूरोपेली यूनियनले प्रतिबन्धको आलोचना गर्दै शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...