सङ्घीय संसद्को पाँचौ अधिवेशन शुक्रबारदेखि सुरु हुँदै
वि.सं.२०७६ पुस ३ बिहीवार ०९:२२
1.4K
shares
काठमाडौं: सङ्घीय संसद्को पाँचौँ अधिवेशन शुक्रबार (भोलि)देखि सुरु हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ ।
पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनबारे राजनीतिक वृत्तमा औपचारिक रूपमा विषय प्रवेश पाएको छैन । शीर्ष तहमा अनौपचारिक रूपमा भने केही परामर्श भइरहेका छन् । हालको संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । यसअघि तत्कालीन माओवादी केन्द्रबाट सभामुख र एमालेबाट उपसभामुख चयन भएका थिए । सभामुखको स्थान बीचमै रिक्त भएपछि पुनः चयन गर्नुपर्ने अवस्था छ । औपचारिक प्रक्रिया कहिले सुरु गर्ने यकिन भइसकेको छैन ।
सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने संवैधानिक प्रावधान अनुसार संविधानको धारा ९१ (४) को व्यवस्था अनुसार सभामुखको अनुपस्थितिमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अधिवेशनको पहिलो बैठक सञ्चालन गर्नुहुने छ ।
वि.सं.२०७६ पुस ३ बिहीवार ०९:२२



















