सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
वि.सं.२०७६ पुस २ बुधवार ०९:३०
1.2K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । लिगको चौथो दिन रुस्लान थ्री स्टार क्लबले प्रभु जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ । पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । दुवै टिम लिगको पहिलो खेलबाट सुखद सुरुवात गर्न चाहन्छन् ।
यस्तै दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र बिभागिय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।
वि.सं.२०७६ पुस २ बुधवार ०९:३०



















