YouTube Link

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे जिर्णोद्धारको काम सकिएसँगै अब २१ घण्टा सञ्चालनयोग्य

World Cup 2026
Facebook Link

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको दोस्रो चरणको कामका लागि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल सञ्चालनयोग्य भएको हो । ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको जिर्णोद्धारको दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने काम सकिएको छ ।

काम सम्पन्न गरी निर्माण कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ । यससँगै अब विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको विमानस्थलले जानकारी दिएको छ । सरकारले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सञ्चालनको घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करीव ४० वर्ष पुरानो पीच उप्काएर धावनमार्ग तथा ट्याक्सी वे जिर्णोद्धारको काम सम्पन्न भएको हो । यसबाट विमानस्थलको धावनमार्गमा हुने भौतिक क्षतिबाट उत्पन्न हुने जोखिम टरेको छ भने विमानस्थलमा अवतरण हुने जहाजको क्षमता समेत बढेको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत यो विषय उल्लेख थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राथमिकताका कार्यक्रममा पनि यसलाई समेटिएको छ । तर, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका उच्च अधिकारीहरु भने तत्काल २४ सै घण्टा सञ्चालन गर्न सम्भव नहुने बताएका छन् । त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा थियो । गत चैतमा जिर्णोद्धारको पहिलो चरणको काम शुरु हुनुअघि रातको समय सारेर २१ घण्टा चलाउने गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...