YouTube Link

साग अन्तर्गत पौडीमा नेपालकी गौरिकालाई कीर्तिमानी चौंथो स्वर्ण पदक

World Cup 2026
Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार भएको महिला १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्ने क्रममा गौरिकाले ५८ दशमलव १३ सेकेण्डको समयमा दुरी पुरा गरेकी थिइन् । भारतकी शिवांगी शर्माले रजत जितिन् । योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् । यसअघि १७ वर्षीय ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । यस्तै साग खेलकुदको ईतिहासमा नेपालका लागि सवार्धिक ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमानसँग पनि गौरिकाले बराबरी गरेकी छिन् ।

उनले तेक्वान्दोका दिपक बिष्टको कीर्तिमान बराबरी गरेका हुन् । दिपकले चार संस्करणमा कूल ४ स्वर्ण जितेका थिए । तर, गौरिकाले भने एकै संस्करणमा दिपकलाई भेट्टाएकी छिन् । गौरिकाले ४ स्वर्णसहित २ रजत र २ कास्य पनि जितिन् । गौरिकाको स्वर्णसंगै नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । यस्तै पौडीको महिला ४ सय मिटर मिड्लेको रिलेमा नेपालले कास्य जितेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...