YouTube Link

सुकचको आयोजनामा ‘कोँइच उत्सव-२०७६’ सम्पन्न, विभिन्न कलाकारहरुको प्रस्तुतीमा झुमे दर्शक

Facebook Link

काठमाण्डौं: होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको प्रस्तुतिमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको आयोजनामा ‘कोँइच उत्सव -२०७६’ सम्पन्न भएको छ । शनिबार सुनुवार सेवा समाजको भवनमा आयोजित कार्यक्रममा किराँत कोइँच सुनुवारहरुको महान् पर्व श्याँदरको अवसर पारेर शुभ-कामना आदान-प्रदान गरिएको थियो ।

सुनुवार सांस्कृतिक झाँकी सहित सुरु भएको कार्यक्रममा विभिन्न कलाकर्मीहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए । उत्सवमा नेपालका शिव मुखिया सुनुवार सम्मिलित चर्चित ब्याण्ड ‘द एक्स ब्याण्ड’, का साथमा गायिका पूजा सुनुवार, गायक महेश मुखिया सुनुवार, गायिका कल्पना सुनुवार, गायिका पुष्पा सुनुवार, हिपप आर्टिष्ट कोइँच जि, नृत्यकार बृहशमान सुनुवार, पूजा सुनुवार लगायतका कलाकारहरुले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

 

 

 

कार्यक्रममा कोँइच सुनुवारको भेषभुषा लगाउने उत्कृष्ट एक पुरुष र एक महिलालाई बेस्ट ड्रेसबाट पुरस्कृत गरिएको थियो भने उत्सव अवलोकानकर्ताहरुलाई गोलाप्रथा मार्फत अवलोकनका लागी बिक्रि गरिएको टिकटको अर्धकट्टीबाट गोलाप्रथा गरी प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको सहयोगमा नि:शुल्क स्वास्थ्य परिक्षण, फेस पेन्टिङ, नेपाली मौलिक परिकार, भेषभुषा, पुस्तक तथा विभिन्न सामाग्रीहरुको पनि स्टल समेत राखिएको थियो । उत्सवको मुख्य उद्देश्य कोइँच सुनुवार जातिको कला, संस्कृति, भाषा, भेषभुषा, धर्म, रहन सहन र चाड पर्वको बारेमा जानकारी गराउनुका साथै सुनुवार संस्कृतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्ध गर्ने रहेको आयोकले जानकारी दिएको छ ।

उत्सवको सह-प्रायोजकमा होलिस्टिक हेल्थ, गोर्खा डेस्टिनि ट्रेनिङ सेन्टर, हिमालयन बिड्स प्रा.लि., किङ गोर्खा ट्रेनिङ सेन्टर, एट नोट म्यूजिक स्कुल रहेको छ । हस्पिटालिटी पार्टनरमा सुनुवार विद्यार्थी समाज, संघीय समिति तथा माउल्डिङ माइण्डस् मोन्टेश्वरी र भ्येन्यु पार्टनरमा ब्राईट गोर्खा ट्रेनिङ सेन्टर तथा सुनुवार सेवा समाज संघीय समिति रहेको छ । त्यसैगरी ईन्डिजिनियस टेलिभिजन, सुनुवार डट ओआरजी, अखबार नेपाल डटकम, अखबार टाईम्स साप्ताहिक, अगुल्टो साप्ताहिक, साथी डट न्यूज मिडिया पार्टनर रहेका थिए ।

(तस्बीर साभार: इँगिहोपो कोँइच सुनुवारको फेसबुकबाट)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...