YouTube Link

स्वास्थ्य बीमा देशव्यापी बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव

Facebook Link

काठमाडौं: स्वास्थ्य बीमालाई देशब्यापी विस्तार गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेकपा सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य बीमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुन् । स्वास्थ्य बीमा कार्यक्रम हाल ३९ जिल्लामा लागू गरिएको छ ।

स्वास्थ्य बीमा मार्फत स्तरीय स्वास्थ्य सेवा दिन जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै अधिकारीले १४ सय डाक्टरले जनतालाई गुणस्तरीय सेवा दिन अप्ठेरो हुने बताए । सांसद अधिकारीले गुणस्तरीय औषधी, उपकरण र जनशक्तिको प्रवन्ध गरी ७ वटै प्रदेशमा आईसीयू सुविधासहितको अस्पताल सञ्चालन गर्न आवश्यक रहेको पनि बताए । एमबीबीएसको अध्ययन शुल्क सरकारले ४२ लाख तोकेकोमा मेडिकल कलेजहरुले ५२ लाखसम्म शुल्क लिइरहेको भन्दै उनले नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । स्वास्थ्य बीमामा सहभागी भएकाले नवीकरण नगर्ने, विपन्न वर्गले बीमाको प्रिमियम समेत तिर्न नसक्ने भन्दै कतिपय सांसदले बीमा कार्यक्रमबारे थप प्रष्टता आवश्यक रहेको धारणा राखे ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले स्वास्थ्य बीमामा सहभागी भएकाहरुले निरन्तर नवीकरण गर्ने र बीमाको प्रिमियम तिर्न नसक्ने भन्दै विपन्नलाई सहुलियत दिनुपर्ने बताइन् । नेकपाकी सांसद रामकुमार झाँक्रीले स्वास्थ्य बीमाका नाममा व्यापार समेत हुने गरेको भन्दै त्यस्तो व्यापार रोक्न माग गरिन् । उनले वार्षिक २५ सय रुपैयाँको प्रिमियम लिनु विपन्न वर्गलाई न्यायोचित नरहेको बताइन् ।

सांसद डिला संग्रौलाले गरिबको मापन कसरी गर्ने ? भन्दै प्रश्न गरिन् । अस्पतालहरुले उपकरण, दक्ष जनशक्ति छैन भनेर गुनासो गरिरहेको अवस्थामा सरकारले त्यस्ता समस्याहरु समाधानका लागि ध्यान दिनुपर्ने उनले बताइन् । सांसद दिव्यमणि राजभण्डारीले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने बताए ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...