YouTube Link

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

Facebook Link

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानलाई नेपालले ५ विकेटले पराजित गरेको छ । कुशल भुर्तेल र ललित नारायण राजवंशीको उत्कृष्ट बलिङमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले अफगानिस्तानलाई हराएको यो पहिलो पटक हो ।

 

जितको लागि १०३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । दुई ओपनर कुशल र आशिफ शेख आउट हुँदा नेपालले १२ रन मात्र बनाएको थियो । कुशल गोल्डेन डक आउट हुँदा आशिफ २ रनमा आउट भए । लगत्तै कुशल मल्ल पनि ९ रन जोडेर पबिलियन फर्किए । यसपछि सन्दीप जोराले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित ३४ रन बनाए । उनी रन आउट भए । १० ओभरको समाप्तीमा नेपालले ४ विकेट गुमाउँदै ५६ रन बनाएको थियो । यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले पाँचौं विकरटको लागि ४६ रनको साझेदारी गरे । दीपेन्द्र १५ रन बनाएर आउट भए । रोहित अविजित ३३ रनमा रहँदै नेपाललाई जित दिलाए । बलिङमा फारिदुन दोओदजाइ, अब्दुल्लाह अहमदजाई र अरब गुलले १/१ विकेट लिए ।‌

 

यसअघि कारोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले टस जितेर रोज्यो । अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनायो । ललितले पहिलो क्रमका तीन अफगानी ब्याटरलाई आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ओपनर हसन इसाकिललाई डक आउट गर्दा अर्का ओपनर मोहम्मद एकरामलाई २ रनमा र करिम जन्नतलाई ९ रनमा पबिलियन बाटो देखाउन ललित सफल रहे । १६ रन जोड्दा अफगानिस्तानले तीन विकेट गुमायो ।

 

यसपछि कुशल भुर्तेलले लगातार चार विकेट लिए । ३० रन जोडेका फैजल खान दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट गराए । ७ रन बनाएका मोहम्मद इशाक एलबीडब्लु धरापमा परे । कुशलले कप्तान डार्विस रसोलीलाई गोल्डेन डक आउट गरे। उनी पनि एलबीडब्लु आउट भए । यसपछि ३० रन बनाएका नाजिबल्लाह जर्डानलाई कुशललर करणद्वारा कमयाच आउट गराए । त्यतिखेर अफगानिस्तानले ७ विकेटको नोक्सानीमा ९५ रन बनाएको थियो । बलिङमा कुशलले ४ ओभरमा १ मेडन सहित मात्र २१ रन दिएर ४ विकेट लिए । ललितले ४ ओभरमा १३ रन दिएर ३ विकेट झारे ।

 

एसियन गेम्समा जितबाट सुरू गरेको नेपालको यो जित विशेष पनि बन्यो । टी-ट्वान्टी आईमा दोस्रो पटक अफगानिस्तानसँग खेल्दा नेपालको यो पहिलो जित पनि बन्यो ।‌ यसअघि सन् २०१४ को विश्व कपमा अफगानिस्तानसँग नेपाल ९ रनले हारेको थियो । नेपालले भोलि जापानसँग खेल्नेछ । समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले हराएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...