YouTube Link

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल) मा नेपाली भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि २० लाख रुपैयाँ  घोषणा गरिएको छ । एनभिएलका प्रबन्ध निर्देशक अश्विन केडियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा कुल ३२ लाख पुरस्कार राशी रहेको लिगको विजेताले २० लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिए ।

 

बाँकी १२ लाख रुपैयाँ भने दोस्रो तथा विधागत पुरस्कारमा खर्च गरिने तर अहिले नै रकम नतोकिएको बताए । उनले फ्रेन्चाइज टिमको लगानी गरेको आधारमा पनि पुरस्कार राशी कुल ३२ लाख राखिएको स्पष्ट पारे । नेपाली भलिबलमा यो पुरस्कार अहिलेसम्म कै सर्वाधिक ठूलो राशि हो ।  प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनभिएलको मस्कट ‘डाँफे’ सार्वजनिक गरिएको थियो । नेपालको राष्ट्रिय खेल भलिबल हो भने राष्ट्रिय चरा डाँफेलाई मस्कट बनाइएको छ ।

 

यस्तै प्रतियोगिताको ‘थिम सङ’ पनि सार्वजनिक गरिएको थियो । थिम सङ अविन शाक्यले कम्पोज गरेका हुन् भने मस्कटको डिजाइन रोशन सुब्बाले गरेका हुन् । कनेक्टेड बाई एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वर्ल्ड लिंक, एजुकेसन पार्टनरमा डिएभी स्कुल, इन्स्योरेन्स पार्टनरमा हिमालयन लाइफ इन्स्योरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स-एज रहेको पत्रकार जानकारी दिइयो ।

 

लिगको  सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै उद्घाटन खेलमा टिकटबाट उठेको सबै रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने आयोजक केडिया ग्रुपले जनाएको छ । उद्घाटन खेलको लागि ५ सय रुपैयाँ  टिकट मुल्य तोकिएको छ । अन्य दिनको लागि भने एउटा खेलको ३ सय रुपैयाँ टिकट दर कायमा गरिएको छ । सिजनल टिकटको मुल्य ३ हजार रुपैयाँ राखिएको छ। सिजनल टिकट खरिद गर्नेले लिग चरणको सबै खेल हेर्न पाउनेछन् ।

 

भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एनभिएलमा ६ टोलीको सहभागिता रहनेछ । सिंगल राउन्ड रोबिन लिग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...