YouTube Link

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

Facebook Link

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक खेलमा जापान र स्वीडेनले १-१ गोलको बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यो बराबरीसँगै जापान समूह ‘एफ’ को उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ भने स्वीडेन उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै आठ टोलिभित्र पर्दै अघिल्लो चरणमा पुग्न सफल भएको छ ।

 

डलास स्टेडियममा भएको यस खेलमा जापानलाई अघिल्लो चरण प्रवेशका लागि मात्र १ अंक (बराबरी) को आवश्यकता थियो । अर्कोतर्फ, ग्राहम पोटरको प्रशिक्षणमा रहेको स्वीडेनलाई भने दोस्रो स्थानमा उक्लिन स्पष्ट जितकै खाँचो थियो । खेलको सुरुदेखि नै जापानले नियन्त्रण जमाए पनि गोल गर्न भने सकेन ।

 

खेलामा जापानले दोस्रो हाफ सुरु भएको १० मिनेटमै अग्रता लियो । रित्सु दोआनको उत्कृष्ट थ्रु-बललाई सदुपयोग गर्दै दाइजेन माएडाले चलाखीपूर्ण तरिकाले बललाई जाली चुमाए । जापानको यो अग्रता लामो समय टिक्न सकेन । खेलको ६२औँ मिनेटमा स्वीडेनका एन्थनी एलाङ्गाले २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली सट गोलमा परिणत भएपछि खेल १-१ को बराबरीमा आयो ।

 

खेलको अन्तिम क्षणतिर स्वीडेनले आक्रामक खेल पस्किए पनि जापानका गोलकिपर जायन सुजुकीले अलेक्ज्याण्डर इसाक र एलाङ्गाका उत्कृष्ट प्रहारहरूलाई रोक्दै स्वीडेनलाई जितबाट बञ्चित गरे । समूहको अर्को खेलमा नेदरल्याण्ड्सले पहिले नै बाहिरिसकेको ट्युनिसियालाई पराजित गर्दै समूह ‘एफ’ को विजेता बनेको छ । उसले नकआउट चरणमा मोरक्कोसँग खेल्ने छ ।

 

यो नतिजासँगै अब उपविजेता जापानले अन्तिम ३२ को खेलमा बलियो प्रतिद्वन्द्वी एवं समूह सीको विजेता ब्राजिलको सामना गर्नेछ । स्वीडेनले भने अब समूह ‘बी’, ‘ई’ वा ‘आई’ मध्ये एकको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...