ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न
वि.सं.२०८२ चैत २९ आइतवार १७:५०
894
shares
काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन अभिनेता ‘जेरी वान टप’का अभिनेता अनमोल केसी, ‘जारी २’ र ‘रिमै’ मा उत्कृष्ट काम गरेका अभिनेता दयाहाङ राई र अर्को दाबेदार चलचित्र ‘आ बाट आमा’को अभिनेता पल शाहलाई व्यापारिक र अभिनय दुवै दृष्टिकोणमा पछाडि पर्दै वर्ष अभिनेताको हकदार बनेका छन् ।
चलचित्र ‘उनको स्वीटर’ चलचित्रले यो वर्षको सुरुवातमै व्यापारमा नपत्याउदो एउटा इतिहास रचेकोले यो वर्षको वर्ष अभिनेता घोषणा गर्न कुनै हात कमाउनु पर्दैन । ‘उनको स्वीटर’ अरु जस्तो कहालिलाग्दो आफै टिकट किनेर दर्शक बटुलेको चलचित्र होइन । यो चलचित्रले थोर बहुत किनेपनि पछि स्वदेशमा मात्रै होइन बिदेशमा पनि राम्रो ब्यापार गरेकोले २०८१ को अभिनेता, अभिनेत्री, निर्माता र निर्देशकको सबैभन्दा अब्बल ‘उनको स्वीटर’ अगाडि राख्न्नुपर्छ । त्यसपछि ‘पूर्णबहादुरको सारंगी’ को सफलताको सिको गर्दै लगाएको दुई दिनमै हलबाट उतार्न लागेको चलचित्र थियो ‘परान’ । सुरुवाती कारोबार निरासाजनक रहेकोले निर्माण पक्षले अनेक जुक्ति लगाएर सुरुवाती टिकट किनेर सो थेगेर हुन्छ कि रोएर हुन्छ दरो मार्केटिङ गरेर बक्स अफिसमा यति लामो र दुर्लभ यात्रा तय गरेर नेपाली चलचित्रको २०८३ मा अहिलेसम्मकै धेरै कारोबार गर्ने पोहिलो स्थान कायम गरेको छ । तर टिकट अत्याधिक आफै किनेकोले निर्माता मुनाफा ‘उनको स्वीटर’ भन्दा पछाडि नै छ ।

२०८१ को वर्ष मिरुना मगरले ‘जेरी वान टप’ को नायिका जसिता गुरुङ, ‘हरिबहादुरको जुत्ता’ को नायिका स्वस्तीमा खड्का र ‘माग्ने राजा’ को नायिका वर्षा सिवाकोटीलाई पछि पार्दै मिरुनाले आफ्नो एकल लडाइँमा बक्स अफिसमा कसैले नपत्याएको चलचित्र ‘उनको स्वीटर’ ले बजारमा जुन आगो लगाउन सफल भएकै कारण यो वर्षको वर्ष अभिनेत्रीको कुर्सी मिरुनालाई सुम्पेको हो । यो वर्ष ‘उनको स्वीटर’ ले सिनेमा हलमा अरु चलचित्रले जस्तो उत्पात टिकट भने खासै किनेको थिएन ।

यो वर्षको वर्ष नवअभिनेता बिधामा एक दर्जन अभिनेतालाई सजिलै पछि पार्दै ‘परान’ का महेश त्रिपाटीले एकल सफलता हासिल गरेका छ्न् । उनको अगाडी एक दर्जन नव नायकहरुले फिल्म क्षेत्रमा डेब्यु गरेपनि फिक्का सावित भएका छन् । उनी चलचित्रको सफलताले मात्रै होइन अभिनयको हिसाबले यो वर्षको आशाबादी डेब्यु अभिनेता हुन । त्यसैगरी वर्ष नव अभिनेत्रीहरु पनि एक दर्जन नै आए तर कसैको उपस्थित भयंकर रहेन । अभिनयभन्दा पनि ‘आ बाट आमा’ को फन्डाबाजीमा जताततै हो मा हो मिलाएकोले उषा कार्की प्रचार-प्रसारमा आगाडि देखिएपनि अभिनयको हिसावले पगरी गुथाएर सम्मान गर्नैपर्ने नव नायिका भ होइन । उनको काम डेब्युमा उल्लेखनीय रहेन । ‘आ बाट आमा’ यो वर्षको सबैभन्दा धेरै टिकट बिक्ने होइन आफै किन्ने चलचित्रको बक्स अफिसको सुचिमा रहेकोले चलचित्रको सबै अंग पछाडि परेपनि निर्मातालाई भने मान्नै पर्छ । आफ्नो चलचित्रको होल्ड युनिटको लागि पैसाको खोलो नै बगाईदिएको २०८२ यो चलचित्र बजारमा चर्चा रह्यो ।

वर्ष निर्देशकमा ‘उनको स्वीटर’ का निर्देशक नवीन चौहानलाई घोषणा गरिएको छ उनलाई यसरी वर्ष निर्देशक घोषणा गर्दा एकपटक सबैको दिमाग रन्थनिन्छ । यो घोषणाले धेरै अर्थ राख्छ । राख्न्नु पनि पर्छ । उनले एउटा चलचित्रलाई बक्स अफिसमा चलाएनन् मात्रै भित्रभित्रै ब्यापारमा आगो नै बालिदिए । कसैले आशा समेत नगरेको ‘उनको स्वीटर’ चलचित्रले सबैको मन जितेकोमा उनी यो वर्षको सर्वश्रेष्ठ निर्देशक हुन् भन्दा चलचित्रकर्मीलाई भन्दा पनि आम दर्शकलाइ गर्व लाग्छ । विगत २० वर्षदेखि निरन्तर बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक दिन साँझ प्रकाशित गर्दै आएको अनलाइन दैनिक पत्रिकाले यो वर्ष पनि २०८१ सालभरि रिलिज गरिएको चलचित्रहरुलाई समेटेर बजारमा सबैभन्दा सक्रिय, सफल पर्दा पछाडिको केही बिधा र पर्दाभित्रको केहि महत्त्वपूर्ण सक्रिय बिधाहरु समेटिएर १९औं ब्लकबस्टर नेपाली फिल्म अवार्ड वर्ष समिक्षा आयोजना गरेको हो ।

कार्यक्रममा बक्स अफिस ईन्टरनेशल ग्रुपले हरेक वर्ष आफ्नो अवार्डको अवसरमा नेपाली चलचित्र क्षेत्रमा चार दशक विताईसक्नुभएका स्रष्टाहरुलाई रजत जयन्ती सम्मान गर्ने सिलसिलामा यो वर्ष पनि वरिष्ठ अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, करिष्मा मानान्धर र मिथिला शर्मालाई रजत जयन्ती सम्मान गर्ने निर्णय गरेको छ भने टेलिचलचित्रबाट सुशिल पोखरेल, रमा थपलिया, किरण केसी, आरपी पन्त, रवी गिरीलाई सम्मान गरेको छ । त्यसैगरी संगीत क्षेत्रबाट मदनकृष्ण श्रेष्ठ, सुक्मित गुरुङ, मिरा राणा, कुमार बस्नेत, संगीतकार राजु सिंहलाई प्रमुख अतिथि चलचित्र विकास बोर्ड अध्यक्ष सामाजिक अभियान्त दुर्गा प्रसाईलाई रजत जयन्तीबाट सम्मान गरिएको थियो । अवार्ड समारोमा करीव चार दर्जन स्रस्टाहरुलाई प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथिहरुले सहयोगी संस्थाहरु ग्लोबल एक्टर फेडेरेशन (विश्व कलाकार महासंघ) को आजीवन सदस्यबाट भवितव्य र आपत विपतमा तत्काल रु एक लाख ११ हजार १०१ रुपैयाँ प्राप्त गर्ने वचनवद्धाता सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा यो वर्ष हाम्रा सिर्जनाहरु कति सफल कति असफल भन्ने विषयमा सरकारी स्तरबाट प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यो दिनेश डिसी, सिनेमा हलबाट विशिष्ट चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्माताको तर्फबाट चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाले वर्ष समिक्षा गर्नुभयो । अवार्डलाई भव्य र सव्य बनाउन वरिष्ठ नृत्य निर्देशक प्रदीपरमण सिंह डंगोल, चलचित्र निर्देशक सुचित्र श्रेष्ठ, चलचित्र निर्माता निराजन ठाकुरले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । हरेक चैत अन्तिममा पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै निरन्तर नेपाली चलचित्रको सबैभन्दा फ्रेस अवार्ड आयोजना गर्दै आएको अवार्ड अध्यक्ष आरके सुबेदीले बताए । नेपाली चलचित्र क्षेत्रका अग्रज निर्माता, निर्देशक पत्रकार पाँच सदस्य जुरीले तयार गरेको अवार्डको महत्त्वपूर्ण उत्कृष्ट ५ बिधाहरु यस प्रकार सार्वजनिक गरिएको छ ।

वर्षको उत्कृष्ट १० चलचित्र
१. उनको स्वीटर
२. जेरि वान टप
३. परान
४. माग्ने राजा
५. हरिबहादुरको जुता
६. माइतीघर
७. पिताम्बर
८. बलिदान
९. आ बाट आमा
१०. जारी २
वर्षको उत्कृष्ट १० टेलिफिल्म
१. जुठे
२. हर्के हवल्दार
३. सकस
४. बुहारी
५. मेरी बास्सै
६. भद्रगोल
७. हल्का रमाईलो
८. ख्याल ठट्टा
९. गारो छ-२
१०. प्रशिद्धि
वर्षको उत्कृष्ट १० म्यूजिक भिडियो
१. बन्दीपुरैमा
२. यानि बनैमा
३. हिट कान्छी
४. नजरैले तान्छ
५. जुनेली
६. शिरमा शिरबन्दी
७. धागोले बाटेको
८. छैन र माया
९. डोको बुन्ने
१०. गुण भुल्यो पितैले
वर्षको उत्कृष्ट १० सिन ईक्वेपमेन्टस
१. सिनेजोन
२. छाया क्रियशन
३. फोटो ट्रेजर
४. धनुष फिल्म
५. अस्लेसा फिल्मस
६. क्लासिक सिने युनिभर्सल
७. माता मगवती फिल्मस
८. मिल्टिमेड
९. सिद्धबाबा फिल्मस् एण्ड ईक्युपमेन्ट हाउस
१०. सिने ईक्युपमेन्ट
वर्षको उत्कृष्ट १० म्यूजिक स्टुडियो
१. मेला रेकर्डिङ स्टुडियो
२. स्टुडियो किंङ
३. अकउस्टिक स्टुडियो
४. पर्पल स्टुडियो
५. प्रिज्मा स्टुडियो
६. ए लेभल स्टुडियो
७. सेवा स्टुडियो
८. माहोल स्ट्डियो
९. म्युजीक नेपाल
१०. ओपल स्टुडियो
वर्षको उत्कृष्ट १० वेव सिरिज
१. टुहुरी
२. सिता
३. भैरवी
४. मुक्ति
५. पुस्ता
६. केशरी
७. मेरी जुना
८. पिरै पिर
९. पुतली
१०. माया
वर्षको उत्कृष्ट १० निर्देशक
१. दिपेन्द्र के खनाल – हरिबहादुरको जुत्ता
२. नवीन चौहान – उनको स्वीटर
३. ऋषि लामिछाने – माग्ने राजा
४. मिलन तामाङ – माईतीघर
५. दिनेश राउत – कुमारी
६. दिपक आचार्य – परान
७. उपेन्द्र सुब्बा – जारी २
८. क्रिशा चौलागाई – पिताम्बर
९. चन्द्र पन्त – आ बाट आमा
१०. सुयोग गुरुङ – जेरी वान टप
बर्षको उत्कृष्ट १० अभिनेता
१. दयाहाङ राई – जारी -२
२. अनमोल केसी – जेरी वान टप
३. हरिवंश आचार्य – हरि बहादुरको जुत्ता
४. विपिन कार्की – उनको स्वीटर
५. सौगात मल्ल – सिटामोल
६. प्रदीप खड्का – पिताम्बर
७. समिल भट्ट – बलिदान
८. धिरज मगर – मैजारो
९. पल शाह – आ बाट आमा
१०. प्रकाश सपुत – माईतीघर
बर्षको उत्कृष्ट १० अभिनेत्री
१. जसिता गुरुङ – जेरो वान टप
२. वर्षा शिवाकोटी – माग्ने राजा
३. मेरुना मगर – उनको स्वीटर
४. बेनिशा हमाल – सिटामोल
५. उपसनासिंह ठकुरी – माईतीघर
६. प्रियांक कार्की – हरि बहादुरको जुत्ता
७. निति शाह – नरसिंह
८. अञ्जली बराईली – परान
९. वर्षा राउत – ह्रस्व दिर्घ
१०. स्वस्तीमा खड्का – हरि बहादुरको जुत्ता
वर्षको उत्कृष्ट ५ विशेष चलचित्र
१. सिटामोल
२. यो मन त मेरो नेपाली हो
३. गुन्यो चोली
४. एक्लो
५. लोकन्ती
बर्षको उत्कृष्ट १० प्रोडक्सन डिजाईनर
१. शंकर पाण्डे – हरि बहादुरको जुत्ता
२. मिलन कटुवाल – उनको स्वीटर
३. एम ओली – माग्ने राजा
४. विक्रम केसी – माईतीघर
५. विनोद सुवेदी – एक्लो
६. विश्व न्यौपाने – परान
७. हरि तिवारी – बलिदान
८. दिलिप पन्त – पिताम्बर
९. करण सिंह – आ बाट आमा
१०. विक्रम केसी – जेरी वान टप
बर्षको उत्कृष्ट १० पोस्टर डिजाईनर
१. पिताम्बर
२. माईतीघर
३. जेरी वान टप
४. बलिदान
५. लोकन्ती
६. सिटामोल
७. मोहर
८. कुमारी
९. के घर के डेरा
१०. हेल्लो काँसीराम
बर्षको उत्कृष्ट १० स्टुडियो
१. दिनेश महरा – क्लासिक सिने युनिभर्सल
२. विश्व गौचन – अस्लेसा ईन्टरटन्टमेन्ट
३. बान्दे प्रसाद – मुभी प्वाईन्ट
४. साइल खान – मभी फ्याक्ट्री
५. समिर मियाँ – मोशन स्टुडियो
६. विपिन मल्ल – विजी बि स्टुडियो
७. जीवन थापा – चौतारी स्टुडियो
८. मित्रदेव गुरुङ – नेप्लिज ह्याण्ड
९. जीवन थापा मगर – मल्टिमेड
१०. आकाश अधिकारी – रेड स्टुडियो
बर्षको उत्कृष्ट १० वितरक
१. रोहित रत्न – आर आर फिल्मस
२. गोविन्द शाही – काफिलया फिल्म
३. अशोक शर्मा – डिसेन्ट नेपाल
४. नकिम उद्दिम – एप्पल
५. उज्वल पौडेल/मनोज राठी – बैक्वेट ईन्टरटेन्टमेन्ट
६. छविराज ओझा – एफडी कम्पनी
७. सुनिल मानान्धर – बालाजी फिल्मस
८. दिपक दंगाल – नेपाल सिने ग्रुप नेपाल
९. आशिष तामाङ – कुवेर सिने डिस्ट्रिब्युटर्स धरान
१०. करण श्रेष्ठ – रिच ईन्टरटेन्टमेन्ट
बर्षको उत्कृष्ट १० सिनेमा हल
१. क्यु एफ एक्स लबिङ मल – ललितपुर
२. बिग मुभिज – कमलपोखरी, काठमाडौं
३. अष्ट नारायण – बालाजु, काठमाडौं
४. किर्तिपुर सिने प्लेक्स – काठमाडौं
५. वान सिनेमा – बानेश्वर, काठमाडौ
६. क्यु एफ एक्स – भक्तपुर
७. एफ क्युब सिनेमा – पोखरा
८. सिने रोयल्स – नेपालगञ्ज
९. फ्रेण्डस सिनेमा – धरान
१०. मिड टाउन – गुलरिया
वर्षको सक्रिय १० सिने पत्रकार
१. मनिष अञ्जान – फिल्मी खबर डटकम
२. रामजी ज्ञवाली – अनलाईन खबर
३. गीता अधिकारी – हिमालयन दैनिक
४. विजय आवाज – हिट नेपाल
५. उदय वाग्ले – क्ल्याप बोर्ड एनटीभी
६. प्रकाश सुवेदी – रजतपट एपीवान
७. विशाल राई – विशाल चौतारी
८. श्रीधर पौडेल – मेरो फिल्मी
९. गोपीकृष्ण चापागाई – आर्टिष्ट खबर
१०. अर्जुन गुरागाई – मज्जाको टिभी
वि.सं.२०८२ चैत २९ आइतवार १७:५०




















