Texas College
YouTube Link

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

Facebook Link

काठमाडौं: प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठित उक्त कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो ।

 

संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधि र कर्मचारीतन्त्रका विज्ञहरू समेटेर यो कार्यदल बनाएको हो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी र नेकपातर्फबाट पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ सदस्य रहेका छन् ।

 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट पनि कार्यदलमा सदस्य छन् । नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने आफ्ना प्रतिनिधि पठाउन बाँकी छ । ती दलमा आन्तरिक छलफल भइरहेकाले सम्भवतः आजै सदस्यको नाम टुङ्गो लाग्ने बताइएको छ ।

 

कार्यदलमा सरकारी अधिकारीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदीलाई तोकिएको छ । यो कार्यदलले संविधानमा परिमार्जन आवश्यक देखिएका विषयमा राजनीतिक र कानुनी पक्षबाट अध्ययन गरी बहसपत्र तयार गर्ने कार्यादेश पाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

वि.सं.२०८२ चैत २५ बुधवार ११:२९

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

वि.सं.२०८२ चैत २४ मंगलवार १०:२५

काठमाडौं: सरकारी कर्मचारीले गाडी चढ्दा पाउँदै आएको पेट्रोल सुविधा ५०...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...