YouTube Link

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

Facebook Link
vision

 

वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं गाथा, नेपाल राष्ट्रको एकीकरणदेखि हरेक राष्ट्रिय संकटलाई किनारा लगाउन खेलेको अग्रणी भूमिका, विश्व शान्ति स्थापनार्थ अन्तर्राष्ट्रिय क्षेत्रमा कमाएको छविले नेपाल राष्ट्रको गौरव उँचो पार्न सफल नेपाली सेनाले आफ्नो सेना दिवस-२०८२ तथा २६३ औं वार्षिकोत्सवलाई ‘बलियो एकता, सुरक्षित राष्ट्र’ का निम्ति फलदायी हुने गरी मनाएको छ ।  वार्षिकोत्सव कार्यक्रम नेपाली सेनाले खाली औपचारिकतामा मात्र सीमित गरेन ।

 

२६३ औं वार्षिकोत्सव अथवा सेना दिवस-२०८२ का अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै हाम्रो देश नेपालका गौरवका गाथा, परम्परा र संस्कृतिहरु चिन्न, गौरव गर्न र इतिहासका पाठबाट सिक्न सबै सैनिक तालिमहरुमा नेपाल र नेपालीको इतिहास अध्ययन-अध्यापन गराउन अह्राएबाट के प्रष्ट हुन्छ भने नेपाली सेना नेपाल राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको सार्वभौम अधिकार र आफ्नो कर्तव्यप्रति अत्यन्तै सम्वेदनशील छ ।

 

सेना दिवस-२०८२ अथवा २६३ औं वार्षिकोत्सवलाई नेपाली सेनाले नेपाली मन-मुटु र माटोसँग जोडिने गरी विभिन्न खेलकुद, सामाजिक क्रियाकलाप, युवा प्रोत्साहन कार्यक्रम गरेरमात्र मनाएन, ‘मिलिट्री टु मिलिट्री’ सम्बन्ध समुधुर राख्ने उद्देश्यका साथ मित्र राष्ट्रका सैनिकहरुलाई समेत निमन्त्रणा गरेर उनीहरुले बोलाउँदा आफू जाने र आफुले बोलाउँदा मित्र राष्ट्रका सेनाहरु आउने परम्परालाई निरन्तरता दिएको छ । यस पटकको सेना दिवस कार्यक्रममा नेपाली सेनासहित मित्र राष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाट सांगीतिक प्रस्तुति दिइनुलाई मित्र राष्ट्रबीचको सुमुधुर सम्बन्धको  निरन्तरताको प्रयासका रुपमा हेरिनुपर्दछ । यसले मित्र राष्ट्रहरुसँगको कुटनीतिक सम्बन्धलाई समेत बलियो बनाउन मद्दत पुग्नेछ । मित्र राष्ट्रका सैनिकहरु राष्ट्रिय सेवा दल अन्तर्गतको एनसीसी ‘युवा आदान-प्रदान’ कार्यक्रममा भाग लिनको निम्तिसमेत आएका थिए । यसले युवा वर्गलाई आफ्नो देशको राष्ट्रियता, स्वाधीनता र जगेर्नामा थप प्रेरित गर्ने विश्वास लिन सकिन्छ ।

 

वि. सं. १८१९ मा स्थापना भएको नेपाली सेनाले स्थापनाकालदेखि नै मुलुक, नागरिक र संविधानप्रति प्रतिबद्ध भई संविधानले तोकेको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेका कारण आमनागरिकको भरोषा र विश्वास पाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतको भनाई छ । ‘नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि मुलुक र नागरिकको रक्षार्थ संविधान अनुसार चल्न तयार रहँदै आएको छ र अटुटरुपमा रहिरहने छ’ सैनिक प्रवक्ता सहायकरथी बस्नेतले प्रष्ट पारे- ‘मुलुकको समग्र सुरक्षासँगै विपत् व्यवस्थापन र राष्ट्र निर्माण (पूर्वधार विकास), कला-संस्कृति र ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षणमा पनि नेपाली सेना सदैव समर्पित छ ।’

 

भदौ २३ र २४ गते (२०८२) भएको जेन-जी पुस्ताको प्रदर्शनमा नेपाली सेनाले उच्च सुझबुझ नदेखाई राष्ट्र, जनता र संविधानप्रतिको आफ्नो दायित्व भुलेर अघि बढेको भए २५ गतेदेखि मुलुकको अवस्था, व्यवस्था र हविगत के हुन्थ्यो ? नेपाली सेनामाथि आशंका गर्नेहरुले गहनरुपमा गम्भीर भएर विश्लेषणमात्रै गरिदने हो भने उनीहरुले पनि भन्नेछन्- ‘नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव ।’ संगठनभित्र केही कमीकमजोरी हुन सक्छन्, त्यसलाई उसले सुधार्नुपर्छ । तर, नेपाली सेना राष्ट्र, जनभावना र संविधानविपरीत चल्दै-चल्दैन भन्ने कुरा उसले बारम्बार पुष्टि गर्दै आएको छ ।

 

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले आफूलाई सुरक्षा संगठनमात्र होइन, राष्ट्रिय एकताको बलियो खम्बाका रुपमा कायम राख्दै आमनागरिकको विश्वास र भरोषा आर्जन गरेको छ । १७ औं शताब्दीको विश्वव्यापी रुपमा राज्यसत्ता कब्जा गर्ने औपनिवेशवादलाई सीमामै छेकेर नेपालको राष्ट्रियता अक्षुण्ण राख्न सफल नेपाली सेनालाई सेना दिवस-२०८२ तथा २६३ औं वार्षिकोत्सवका अवसरमा वीरता-धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका थप गाथा कोर्न सफलता मिल्दै जाओस्, शुभकामना !

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...