YouTube Link

उत्कृष्ट  मिडिया समन्वय पुरस्कार सह-प्रवक्ता सप्रनाउ थापालाई

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा  माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई नगदसहित प्रसंसापत्र प्रदान गरेका हुन् । यो सँगै उनी चौथोपटक संगठनबाट पुरस्कृत भएका छन् ।

 

संगठनको गतिविधि छिटो-छरितो र सहज ढंगले संचारमाध्यममा उपलब्ध गराई प्रचार-प्रसारमा उत्कृष्ट र प्रभावकारी कार्य गरेवापत् सशस्त्र प्रहरी नायब उपरीक्षक थापालाई पुरस्कृत गरिएको हो । हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह-प्रवक्ताको जिम्मेवारीमा रहेका छन् । यसअघि उनलाई २०७७ सालमा २० औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेवापत् पुरस्कृत गरिएको थियो भने २१ औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरेवापत् र २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ मा सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा प्रदान गरिएको थियो ।

 

२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) सहित उनी चौथोपटक  पुरस्कृत भएका हुन् । आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा करिब सात वर्ष मूलधारको पत्रकारिता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । थापा संचार माध्यामसँगको समन्वयमा बढी नै दख्खल राख्छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...