Texas College
YouTube Link

भेनेजुएलामा अमेरिकी हमला

Facebook Link

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार बिहान धेरै विस्फोटहरू भएको  विवरणसहितको समाचार सीएनएनले प्रकाशित गरेको छ । पहिलो विस्फोट स्थानीय समय अनुसार बिहान करिब १:५० बजे भएको थियो ।

 

सीएनएनकी संवाददाता ओस्मारी हर्नान्डेजले भनिन्, ‘एउटा विस्फोट यति शक्तिशाली थियो कि मेरो झ्याल हल्लियो ।’ विस्फोटपछि शहरका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ । ला कार्लोटा विमानस्थल नजिकै धुवाँको मुस्लो उठेको देखिएको छ । भिडियोहरूमा रातको समय आकाशमा दुईवटा धुवाँका मुस्लोहरू देखिएका थिए, जसमा एउटाको आधारमा सुन्तला रंगको चमक थियो ।

 

भेनेजुएलाका अन्य स्थानहरू ला ग्वाइरा राज्य र मिरान्डा राज्यको हिगुएरोटे शहरमा पनि विस्फोटहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् । यो घटना अमेरिका र भेनेजुएला बीचको बढ्दो तनावको पृष्ठभूमिमा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा लागुऔषध तस्करी सञ्जालविरुद्ध नयाँ कारबाही गर्ने चेतावनी दिएका थिए । उनले छिट्टै स्थल आक्रमण सुरु हुने बताएलगत्तै विस्फोट भएका हुन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी

वि.सं.२०८२ पुस २३ बुधवार ०८:१८

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदै

वि.सं.२०८२ पुस २३ बुधवार ०८:०४

काठमाडौं: राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुने...

नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दै

वि.सं.२०८२ पुस २३ बुधवार ०७:४२

काठमाडौं:  नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ...

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

सञ्चारमन्त्रीले गरे मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक

वि.सं.२०८२ पुस २२ मंगलवार १८:१५

काठमाडौं: सञ्चारमन्त्री जगदीश खरेलले पुस ११ र २१ गतेको मन्त्रिपरिषद्...

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

वि.सं.२०८२ पुस २२ मंगलवार १८:०५

काठमाडौं: गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।...

राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच यसरी गरियो भागबन्डा

राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच यसरी गरियो भागबन्डा

वि.सं.२०८२ पुस २२ मंगलवार १७:५७

काठमाडौं: राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट...