YouTube Link

नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्ध गर्नुपर्छ: मन्त्री नेपाल 

Facebook Link

काठमाडौं: बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरु हाम्रा पहिचान पनि भएकाले यिनको संरक्षण र सम्बर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनद्वारा काठमाडौँमा आयोजित तालिम तथा कोच कार्यक्रमको उद्घाटन गर्दै उनले आर्चरी नेपालको परम्परागत धनुर्वाण विद्या रहेको र यस्तै अरु पनि नेपालका परम्परागत खेलले विश्वमा नै देशलाई पहिचान दिलाउने भएकाले यिनको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए ।

 

 

नेपाल र चिनियाँ खेलाडीहरुको संयुक्त प्रस्तुति रहेको सो कार्यक्रममा मन्त्री नेपालले यो खेलको संयुक्त तालिम तथा प्रस्तुतिका कार्यक्रमहरुले खेल कूटनीतिका माध्यमबाट नेपाल र चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग गर्ने बताए । सो कार्यक्रममा चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङले चीनको युनान प्रान्तका प्राथमिक विद्यालयहरुमा झेन्जी खेलका पाठ्यक्रमहरु मार्फत् खेलको प्रवर्द्धन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि आयोजना गर्दै आएको जानकारी गराए । उनले यस खेलको विकासले चीन नेपाल सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा गरिएको बताउँदै आगामी दिनमा नेपालसँग पनि आर्चरी खेलको प्रवर्द्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनका अध्यक्ष अभिषेकविक्रम शाहले झेन्जी खेल नेपालकै परम्परागत धनुर्विद्या अर्थात् धनुर्वाण खेलकै विकसित स्वरुप भएको बताउँदै यस खेलको विकास र विस्तार मार्फत् दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने धारणा राखे । त्यसैगरी मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलका माध्यमबाट नेपालले आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाउन आफ्ना परम्परागत खेलहरुको पनि संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रमा थप लगानीका लागि नेपाल सरकारलाई आग्रह गरे । कार्यक्रममा संखुवासभाका परम्परागत आर्चरी खेलका खेलाडीका साथै चीन र नेपालका आर्चरी र उसु खेलका खेलाडीहरुले आ-आफ्नो खेलकला पनि प्रस्तुत गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...