एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै
वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८
1.1K
shares
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुँदैछ । दुवै खेल टियू क्रिकेट मैदानमा हुनेछन् ।
पाँच खेलबाट ४ अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुँदैछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट ४ अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने दबाव छ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदैछ । एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८




















