YouTube Link

सुत्केरीको मृत्युपछि किष्टमा तनाव, प्रहरीद्वारा लाठी र अश्रुग्यास प्रहार

Facebook Link

काठमाडौं: ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसरमा मृतकका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुयाँस समेत प्रहार गरेको छ ।

 

ठूलो संख्यामा खटिएको सुरक्षाकर्मीहरुले मृतकका आफन्तलाई ढुंगामुढा नगर्न आग्रह गर्दा उत्तेजित भीडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुयाँस प्रहार गरेको छ । सो क्रममा केही घाइते भएका छन् । प्रदर्शनकारीहरू ढुंगा बोकेर अस्पताल तोडफोड गर्न पुगेका थिए । प्रहरीले अस्पताल छेउछाउमा अश्रुयास ग्यास हानेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

 

प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो । अस्पतालमा राईको मृत्यु भएपछि उनको आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

 

अस्पतालका निर्देशक र सुत्केरीलाई नियमित चेकअप गर्ने चिकित्सकले घटनाबारे यथार्थ जानकारी गराउनुपर्ने माग आफूहरूको रहेको प्रदर्शनकारीले बताएका छन् । अस्पताल प्रशासनले भने मृतकका आफन्तसँग यस विषयमा वार्ता भइरहेको जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...