विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरुले देशभर प्रदर्शन गर्ने
वि.सं.२०८२ भदौ ९ सोमवार १०:०३
963
shares
काठमाडौं: निजी विद्यालय सञ्चालकहरूले आज देशभर प्रदर्शन गर्ने भएका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका विद्यालय उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा घेराउको कार्यक्रम तय गरेका छन् ।
बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रतिनिधिसभा घेर्न जाने तयारी रहेको प्याब्सनका केन्द्रीय सल्लाहकार डिके ढुंगानाले जानकारी दिए । यस्तै बिहान ११ बजे नै सातै प्रदेशका प्रदेशसभा भवन अगाडि धर्ना दिने कार्यक्रम रहेको उनले बताए । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालक दोस्रो चरणको आन्दोलनमा जान लागेका हुन् ।
प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था आन्दोलनमा होमिएका छन् । निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा उनीहरू आन्दोलित बनेका हुन् ।
वि.सं.२०८२ भदौ ९ सोमवार १०:०३




















