YouTube Link

नेपालले आज पहिलो खेल भारतसँग खेल्दै

World Cup 2026
Facebook Link

काठमाडौं: दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ । नेपालले पहिलो खेल भारतसँग खेल्न लागेको छ । खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

 

प्रतियोगिताअघि मंगलबार आयोजित पत्रकार सम्मेलानमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताएका छन् । ‘अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ । हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं । साफ च्याम्पियनसिपको मुख्य उद्धेश्य भनेको खेलाडी विकास पनि हो । यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन्,’ प्रशिक्षक श्रेष्ठले भने,‘ हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो । हामीले टेकनिकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं । प्रतियोगिताका लागि हामी तयार छौं ।’ प्रशिक्षक श्रेष्ठले  भारत बलियो टोली भए पनि नेपाल जित निकाल्न सक्षम रहेको बताए । १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन्।

 

डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई/दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।  नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो राउण्डमा बंगलादेशसँग साउन ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्नेछ ।  नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सानमा गर्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...