आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
वि.सं.२०८२ साउन २९ बिहीवार ०९:४१
1.3K
shares
काठमाडौं: मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू-भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहनेछ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू-भागका केही र मधेश प्रदेशलगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
राति देशको पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८२ साउन २९ बिहीवार ०९:४१



















