YouTube Link

दुई प्रसारण लाइन निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता हुँदै

Facebook Link

काठमाडौं: अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने ४०० केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ ।

 

एमसिए नेपालका अनुसार न्यु दमौली-न्यु बुटवल प्रसारण लाइन र रातामाटे-न्यु दमौली प्रसारण लाइन निर्माणका लागि बिहीबार ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदै छ । कुल ३१५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो ।

 

बिहीबार ९० किलोमिटर लामो रातमाटे-न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक-स्किपर संयुक्त उपक्रम (जेभी) सँग सम्झौता हुँदैछ । कम्पनीले उक्त लाइन निर्माण गर्न ७ करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का पाएको छ । यो खण्डमा २४८ वटा टावरसहित प्रसारण लाइन बन्ने छ । त्यस्तै ७ करोड ७० लाख ३ हजार अमेरिकी डलरमा निर्माण गर्ने गरी न्यु दमौलीदेखि न्यु बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन वाइबा-सलार जेभीले पाएको छ । सो प्रसारण लाइनमा २४९ वटा टावर निर्माण गरिने छ ।

 

न्यु बुटवल-नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मङ्सिर १२ गते ठेक्का आह्वान गरिएको थियो । सो बमोजिम १८० किलोमिटर लामा दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता हुन लागेको हो । दुवै ठेक्काका अवधि ३६ महिना रहेको छ । प्रसारण लाइनका ५ खण्डमध्ये अब २ खण्डको निर्माण सम्झौता हुन बाँकी छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...