YouTube Link

नेपालको एकमात्र आईएसओ मान्यताप्राप्त श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो ५०औं वार्षिकोत्सव

ग्राहकको सन्तुष्टिसँग सम्झौता गर्दैनौं : संस्थापक बाबुकाजी श्रेष्ठ

Facebook Link

काठमाडौं: नेपालको एकमात्र सर्टिङ्ग-सुटिङ्ग र टेलरिङ्ग क्षेत्रको आईएसओ मान्यताप्राप्त कम्पनी श्रेष्ठ टेलरिङ्ग सेन्टरले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ । टेलरिङ्ग व्यवसायका पुराना व्यक्तित्व सिद्धिवीर बज्रचार्यको प्रमुख आतिथ्यमा ५०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो । श्रेष्ठ टेलरिङ्ग सेन्टरका संस्थापक बाबुकाजी श्रेष्ठका अनुसार ५०औं वार्षिकोत्सवका अवसरमा प्रत्येक ग्राहकलाई हात खाली नजाने गरी स्क्रयाच कुपनमार्फत् सुट पिस, कोट, दौरा-सुरुवाल पिस, ज्वारीकोट पिस, कुर्ता पिस, भित्ते घडी, ब्राण्डेड मोजा, दौरा-सुरुवाल पिस, नगद २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्मको गिफ्ट भौचर उपहार कार्यक्रम शुरु गरिएको छ ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

२०३१ सालमा एउटा कोठाबाट शुरु भएको श्रेष्ठ टेलरिङ्ग सेन्टरको यात्रा अहिले नेपालको नम्बर एक सर्टिङ्ग–सुटिङ्ग र टेलरिङ्ग ब्राण्डसम्म पुगेको मात्र छैन, जुनसुकै चाडपर्व, शुभ र सामाजिक कार्य, विद्यालय, क्याम्पस, कार्यालयलाई चाहिने पोशाक बजेटअनुसार ब्राण्डेड कपडासहित उच्चस्तरीय सिलाई अनि रेडिमेडसमेत एउटै छानामुनि उपलब्ध गराउने नेपालको पहिलो सर्टिङ्ग-सुटिङ्ग र टेलरिङ्ग बनेको छ । यो क्षेत्रको विकासको श्रेय पनि श्रेष्ट टेलरिङ्ग सेन्टरले नै पाएको छ ।

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

५०औं वार्षिकोत्सव कार्यक्रममा श्रेष्ठ टेलरिङ्ग सेन्टरका संस्थापक बाबुकाजी श्रेष्ठले मुख्य शो रुम बागबजारको अराधाना कम्प्लेक्ससँगै मैतीदेवी, चाबहिल, त्रिपुरेश्वर, चुच्चेपाटी, धुम्बाराहीलगायतका पाँच स्थानमा श्रेष्ठ टेलरिङ्ग सेन्टरको शाखा रहेको जानकारी दिए । संस्थापक श्रेष्ठले भने- ‘४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइएको छ भने ६० जनालाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी सिर्जना गरिएको छ । त्यस्तै देशको अर्थतन्त्रलाई मजबुत बनाउन हामीले पुर्याएको योगदान सबैसबमु छर्लङ्ग नै छ । ५०औं वार्षिकोत्सवका अवसरमा ग्राहकको सन्तुष्टिसँग कुनै सम्झौता नहुने प्रतिबद्धता दोहोर्याउन चाहन्छौं ।’

 

तस्बीरः सुबास मुखिया सुनुवार

 

लाखौं सन्तुष्ट ग्राहकको एउटै रोजाई बनेको श्रेष्ठ टेलरिङ्ग सेन्टरको ५०औं वार्षिकोत्सव कार्यक्रममा सञ्चालक रजिना रिमाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रमुख अतिथि सिद्धिवीर बज्रचार्य, नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष सदीश श्रेष्ठ, निवर्तमान अध्यक्ष गोपाल परियार, कर्मचारीको तर्फबाट इन्द्रमणि ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै श्रेष्ठ टेलरिङ्ग सेन्टरलाई आजको अवस्थासम्म ल्याइपुर्याउन संस्थापक बाबुकाजी श्रेष्ठले गरेको संघर्ष सलामयोग्य भएको बताउँदै गुणस्तरीय कामले सबैको मन जित्न सफल भएको चर्चा गरेका थिए । नेपाल टेलिरिङ्ग व्यवसायी महासंघका तर्फबाट त्यस अवसरमा श्रेष्ठ टेलरिङ्ग सेन्टरका संस्थापक बाबुकाजी श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो । त्यसैगरी श्रेष्ठ टेलरिङ्ग सेन्टरको तर्फबाट कर्मचारीहरुलाई दोसल्लासहित प्रशंसा-पत्रद्वारा सम्मान गरिएको थियो ।

तस्बीरः सुबास मुखिया सुनुवार
तस्बीरः सुबास मुखिया सुनुवार

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...