YouTube Link

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

Facebook Link

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विधान महाधिवेशनका लागि सचिवालय बैठक बोलाएको छ । एमालेको ५३औं सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको हो । आज बस्ने बैठकमा विधान महाधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभागले जनाएको छ ।

 

प्रचार विभागका अनुसार आज बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल हुनेछ । सम्भवतः एमालेले विधान संशोधन प्रस्ताव तयार पार्न समिति बनाउनेछ । गत माघ ८ गते बसेको सचिवालयको ४२औं  बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरेको थियो । विधानतः विधान महाधिवेशन हुनु एक महिनाअगाडि नै विधान संशोधन प्रस्ताव सुझावका लागि प्रदेश र जिल्ला कमिटीमा पठाइसक्नुपर्नेछ ।

 

चितवनमा भएको १०औं महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् । एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस बाक्लिएको छ । त्यस्तै कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने पनि आवाज उठिरहेको छ । एमालेको ९औं महाधिवेशनमा यी दुवै प्रावधान राखिएको थियो । तर पहिलो विधान महाअधिवेशनपछि ७० वर्षे उमेरहदमात्रै राखिएको थियो । कार्यकालको प्रावधान थिएन ।

 

उमेरहदकै कारण एमालेमा तत्कालीन नेता भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत नेता सक्रिय राजनीतिबाट सन्न्यास लिएका थिए । एमालेले आउँदो फागुनभित्रै ११औं  राष्ट्रिय महाधिवेशन गर्ने तयारी पनि गरेको एमाले नेताहरू बताउँछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...