YouTube Link

इजरायली आक्रमणमा कम्तीमा १४ इरानी परमाणु वैज्ञानिक मारिए

Facebook Link

एजेन्सीः इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या गरेको खुलेको छ । एसोसिएटेड प्रेस (एपी) समाचार एजेन्सीका अनुसार १२ दिन लामो युद्धका क्रममा इजरायलले १४ जना इरानी वैज्ञानिकको ज्यान लिएको हो । इरानले ती वैज्ञानिकमाथि लक्षित आक्रमण गरेर हत्या गरेको एपीले उल्लेख गरेको छ । मारिएका ती वैज्ञानिकमा रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियर समेत छन् ।

 

एपीका अनुसार यो दाबी फ्रान्सस्थित इजरायली राजदूत जोशुआ जार्काले गरेका हुन् । जार्काका अनुसार यी हत्या घटनाले इरानको बाँकी रहेको आणविक पूर्वाधार तथा सामग्री प्रयोग गरेर हतियार निर्माण गर्न ‘लगभग असम्भव’ बनाइदिएको छ । ‘पूरै समूह नै सकिनुको अर्थ के हो भने यो कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको छ’, जार्काले भनेका छन् । एपीका अनुसार जार्काले सोमबार त्यसबारे बताएका हुन् । त्यसको भोलिपल्ट मंगलबार, इरानी टेलिभिजनले आणविक वैज्ञानिक मोहम्मद रेजा सेदिघी साबेर इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ । उनी जुन १३ मा भएको हमलामा घाइते भएका थिए, जसमा उनका १७ वर्षीय छोराको मृत्यु भएको थियो ।

 

जार्काको दाबीका बाबजुद विश्लेषकले भन्छन्, ‘इरानसँग अझै अन्य वैज्ञानिक रहेका जनाएका छन् । ती वैज्ञानिकले मारिएका व्यक्तिको स्थान लिन सक्छन् । यी हत्याका घटनाले इरानको आणविक कार्यक्रमलाई केही समयका लागि ढिलो अघि बढाउन सक्छ, तर उसले आफ्नो कार्यक्रमलाई पूरै बन्द नगर्ने बताइसकेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...