YouTube Link

बन्दूक र कलमको बेजोड सम्मीश्रण गराएका चर्चित गीतकार टेक तामाङको एकल सांगीतिक साँझ हुँदै

Facebook Link

काठमाडौं: सामाजिक र साँस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाका साथ गीतकार संघ नेपालले असार १४ गते शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा चर्चित गीतकार टेक तामाङको पहिलो एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । टेक तामाङ चर्चित गीतकारमात्र होइनन्, प्रहरी अफिसर पनि हुन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख छन् । देशप्रेम, जनप्रेम र राष्ट्रभक्ति टेक तामाङका गीतहरुमा झल्किन्छन् मात्र होइन, माया, प्रेम र सदभाव पनि छताछुल्ल भएर पोखिन्छ ।

 

काठमाडौं उपत्यकालाई शान्त र सुरक्षित राख्ने अभिप्रायका साथ सरोकारवाला सबैको साथ-समर्थन र प्रतिबद्धता जुटाएर शुभारम्भ गरिएको ‘लागूऔषधविरुद्धको महाअभियान’ का ‘रोल मोडल’, काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौंमा पहिलोपटक आयोजना गरेको मनसुनजन्य विपद् उद्धार प्रशिक्षण कार्यक्रमका परियोजनाकार, अपराध-अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल प्रहरी अतिरिक्त महानिरीक्षक एवं चर्चित गीतकार टेक तामाङ साहित्यका विविध विधामा पनि प्रख्यात छन् ।

 

गीतकार संघ नेपालले आयोजना गर्ने चर्चित गीतकार टेक तामाङको एकल सांगीतिक साँझका लागि चयन भएका गीतमा नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा-मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मनपर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराइको, अँगालोमा बेरिरहुँ, जन्मी-खेली, मै खुकुरी, माथि-माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैँ शैलुङ्गजस्ता लोकप्रिय, कर्णप्रिय र सुमधुर १७ वटा गीत गुञ्जने छन् ।

 

‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नाम दिइएको एकल सांगीतिक साँझमा प्रत्यक्ष वाद्यवादनसहित दीप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अञ्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान, डेभिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सञ्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बम्जन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिनालगायत अग्रजदेखि अहिले चलेका लोकप्रिय गायक-गायिकाले चर्चित गीतकार टेक तामाङका गीतहरु गुञ्जाउने छन् ।

 

कहिलेकाहिं कठोर निर्णय पनि गर्नुपर्ने प्रहरी पेशा । भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत र साहित्य । बन्दूक र कलमको बेजोड सम्मीश्रणमा आफूलाई अब्बल सावित गरेका प्रहरी अतिरिक्त महानिरीक्षक एवं चर्चित गीतकार टेक तामाङले २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएर अहिलेसम्म सयौं गीत रेकर्ड गराएका छन् भने ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ सम्पन्न गर्न गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा समिति गठन भएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...