YouTube Link

क्यान्सरका बिरामीका लागि एनसीआरएसको फ्रि बस सेवा

Facebook Link

काठमाडौं: नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस)ले आज ४ फेब्रुअरी अर्थात् विश्व क्यान्सर दिवसका अवसरमा यस वर्षको “United by Unique” नाराका साथ काठमाडौँमा जनचेतनामूलक र्याली गरेर मनाएको छ ।

 

जनचेतनामूलक र्यालीको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यान्सर रोग बारेको जनचेतना फैलाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । नेपालमा क्यान्सर रोगको रोकथामका लागि सरकारले आजबाट सुरु गरेको एचपीभी भ्याक्सिन अभियान २०८१ लाई सफल बनाउन युवाहरुले भूमिका खेल्नुपर्ने मन्त्री चौधरीले बताए ।

 

 

संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोकथाममा सरकारको योजनाहरु सकारात्मक हुँदै गएकाले यसमा सबैको साथ आवश्यक रहेको बताए । विश्व क्यान्सर दिवसको अवसरमा पृथकतामा एकताले क्यान्सर रोग, एक भएपनि यसका भोगाइहरु हरेक व्यक्तिपिच्छे फरक हुने भएकाले हाम्रा परिवारका सदस्य वा वरपरका क्यान्सर रोगीहरुप्रति जिम्मेवार भएर व्यवहार गर्नु हामी सबैको दायित्व भएको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

जनचेतनामूलक र्यालीमा संस्थाका केन्द्रीय पदाधिकारी, शाखाका प्रतिनिधि, त्रिवि शिक्षण अस्पताल महारागजमा अध्ययनरत एवीवीएस विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालका विद्यार्थीहरु गरी पाँच सय बढीको सहभागिता थियो । र्याली काठमाडौँको भृकुटीमण्डपबाट- सहीदगेट- जुद्ध शालिक-असन-जमल-त्रिचन्द्र कलेज-पुरानो बसपार्क हुँदै भृकुटिमण्डपमा आएर समापन भएको थियो ।

 

 

विश्व क्यान्सर दिवसकै अवसर पारेर नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौका विभिन्न स्थानबाट उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल जाने बिरामीहरुका लागि नि:शुल्क बस सेवा समेत सुरु गरेको छ । हाल काठमाडौको रत्नपार्कबाट रिङरोड हुँदै बस भक्तपुर क्यान्सर अस्पताल पुग्नेछ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...