चादौर क्लब र क्लब एजडिसी तथा हेल्प नेपाल र गण्डकी भिड्दै
वि.सं.२०८१ मंसिर २३ आइतवार ०९:०९
1.2K
shares
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत आजको पहिलो खेल ईरानको चादौर क्लब र क्लब एजडिसीबीच हुनेछ । यी दुईबीचको खेल दिउँसो २:३० बजे हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बेलुका ५ बजे दोस्रो खेल नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेश भिड्ने छन् ।
हेल्प नेपालले पहिलो पहिलो उदघाटन खेलमा भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो । पहिलो सेट हेल्प नेपालले २५–२२ ले आफ्नो बनाए पनि त्यसपछिका दुई सेट २०–२५ र २२–२५ ले लगातार गुमाएको थियो । चौथो सेटमा २६–२४ र अन्तिम तथा निर्णायक सेट १५–१० ले सहजै आफ्नो पक्षमा पार्दै हेल्प नेपालले दुई अंक आफ्नो पक्षमा पार्यो ।
यता, गण्डकीले भने माल्दिभ्सको एचडिसी क्लबसँग पहिलो र दोस्रो सेट गण्डकीले २५–१८ र २५–२३ ले जितेको थियो । तर, त्यपछिका तीन सेटमा एचडिसीलाई कडा टक्कर दिए पनि गण्डकीले खेलमा पुनरागमन गर्न सकेन । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५–२० र १३–१५ ले सुम्पिन पुग्यो ।
नेपालबाट आठौं एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा स्थान बनाएका हुन् । प्रतियोगितामा यी चारबाहेक इरानको चादौर क्लबले पनि सहभागिता जनाएको छ । सिंगल राउन्ड रोविनमा हुने लिग चरणमा १० खेल हुनेछन् । त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ । लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनलमा भिड्ने छन् । दोस्रो र चौथो हुने टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्नेछन् । फाइनल खेल मंसिर २९ गते हुनेछ ।
वि.सं.२०८१ मंसिर २३ आइतवार ०९:०९



















