YouTube Link

एनएफपिजे नेपालको वार्षिक साधारणसभा तथा १३औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै

Facebook Link

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले आज २७औं वार्षिक साधाणसभा तथा १३औं अधिवेशन गर्दैछ । २०५३ सालमा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो फोटो पत्रकारहरुको संगठन हो ।

 

फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको छ । सोहि अवसरमा संस्थाले आज खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा अग्रज फोटो पत्रकारको उपस्थितिमा एक विशेष कार्यक्रमको आयोजना गरि १३औं अधिवेशन मनाउँदैछ ।

 

कार्यक्रममा फोटो पत्रकारहरूलाई विभिन्न विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदक, माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार, कार्यसम्पादनको आधारमा संस्थाको अध्यक्षबाट प्रदान गरिने प्रेसिडेन्ट अवार्ड र उत्कृष्ट जिल्ला शाखाको सम्मान गरिनेछ ।

 

साधारणसभासँगै आज हुने अधिवेशनले १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वमा अध्यक्षमा प्रदीपराज वन्त, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुशील श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् भने सचिवमा सुनिल शर्मा र प्रविन कुलुङ राईको उम्मेदवारीसँगै निर्वाचन हुने देखिएको छ ।

 

त्यसैगरी केन्द्रीय सदस्यहरूमा मुकुन्द कालिकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान, सागर बस्नेत र शंकर भुजेल चयन भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...