YouTube Link

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश

World Cup 2026
Facebook Link

काठमाडौं: बंगलादेश लगातार दोस्रोपल्ट महिला साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७-१ गोल अन्तरको फराकिलो जित निकाल्दै बंगलादेश फाईनल पुगेको हो ।

 

बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । साविना खातुनले २ गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम १-१ गोल गरे । भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् । बंगलादेशले सातौं मिनेटमै सुरुआती अग्रता लियो ।  त्यसको पाँच मिनेटपछि बंगलादेशले अग्रता दोब्बर बनायो ।

 

 

खेलको २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन । लगत्तै सवीनाले नै बंगलादेशको अग्रतालाई ३-० मा पुर्‍याइन् । ३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै अर्को गोल थपिन् । त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो ।

 

खेलको ४१औं मिनेटमा डेकी लाजोमले भुटानका लागि एक गोल फर्काइन् । ५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । ७३औं मिनेटमा सेउलीले बंगलादेशको अग्रता ७-१ मा पुर्‍याइन् । सन्जिदा अख्तरको कर्नरमा आएको बललाई उनले हेडरमार्पत गोल गरेकी हुन् ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...