युवा उद्यमी तथा कलाकर्मी र सञ्चारकर्मी पत्रकारहरुबीच मैत्रीपूर्ण सेभेन ए साईड फुटसल खेल हुँदै
वि.सं.२०८१ साउन ३० बुधवार १६:२३
2.1K
shares
काठमाडौं: “स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी, पत्रकार तथा फोटो पत्रकारहरुको समुह र विभिन्न क्षेत्रमा आवद्ध रहि युवा उद्यमी व्यवसायी तथा कलाकर्मीबीच बिहीबार मैत्रीपूर्ण सेभेन ए साईड फुटसल खेल हुने भएको छ ।
पत्रकार समुहको तर्फबाट शंकर भुजेल र विवेक गुरुङको नेतृत्वमा मैत्रीपूर्ण फुटसल खेल्न लागेको हो । समयको परिवर्तनसँगै सँधै क्यामेरा र कलमसँग खेलिरहने पत्रकाहरु स्वास्थका लागि तन्दुरुस्त रहन खेल आवश्यक भएकोले समय समयमा विभिन्न क्षेत्रमा आवद्ध रहि आएकासँग मैत्रीपूर्ण खेलहरु खेल्दै गर्दा मानसिक रुपमा पनि तन्दुरुस्त रहन मद्दत पुग्ने भुजेल र गुरुङको भनाई छ ।
त्यसैगरी युवा व्यावसायी तथा कलाकर्मीको तर्फबाट बिनोद खम्बु र प्रकाश दुमी राईको नेतृत्वमा केडीएफसी नाम राखेर फुटसल टोली निर्माण गरी पत्रकारहरुसँग मैत्रीपूर्ण फुटसल खेल खेल्न लागेको हो । खेलकुदको माध्यमबाट विभिन्न क्षेत्रमा आवद्ध भई काम गरिरहेका साथीभाईहरुसँग चिनजान हुने र खेलको माध्यमबाट सौहार्द वातावरण बन्ने खम्बु र दुमीको भनाई छ । खेल पेप्सीकोला प्लानिङस्थित बिजी ब्रोदर्श फुटसल खेल मैदानमा साउन ३१ गते बिहीबार हुनेछ ।
पत्रकार समुहः
शंकर भुजेल, विवेक गुरुङ, सुबास मुखिया सुनुवार, लोकेश लिम्बु, ईन्द्र लामा, शुक्र तामाङ, खेम दुरा, हेम बहादुर क्षेत्री, नवराज कुँवर, सुशान्त साउद, शशी खनाल, नवीन बस्नेत, राकेश किराती
केडीएफसी समुहः
बिनोद खम्बु, प्रकाश दुमी राई, अनिल राना मगर, धिरज मगर, कुशुम तुम्बा, सुरेश वानेम, सिक्किम लिम्बु, बौदल राई, सुजन गोर्खाली, बिशाल डंगोल, अर्जुन गोस्वामी, भवी शंकर राई, जयराम गिरी
वि.सं.२०८१ साउन ३० बुधवार १६:२३



















