YouTube Link

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

Facebook Link

काठमाडौं: गत बुधबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदैछ । भोलिबाट संसद बैठक भएकोले आज बैठक सक्ने तयारी रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

 

बैठकमा गत बुधबार प्रस्तुत भएका ११ वटा एजेण्डा माथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा  राखिरहेका छन् । त्यसपछि पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । आजको बैठकले गत फागुनमा सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने कांग्रेसको तयारी छ ।

 

महामन्त्री गगन थापाको ०८४ को चुनावमा गठबन्धन नगर्ने र माओवादी युद्धका कारण देश पछाडि धकेलिएको उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनका कारण माओवादीले कांग्रेससँगको सहकार्य तोडेको थियो । माओवादीले एमालेसँग मिलेर सरकार बनाएको थियो । अहिले कांग्रेसले एमालेसँग मिलिजुली सरकार बनाएपछि मात्रै महासमिति बैठकका प्रतिवेदन पारित गरेको गरेको हो ।

 

कांग्रेसले ०८४ को चुनाव एक्लै लड्ने महामन्त्री थापाको प्रतिवेदनमा संशोधन नगर्ने भएको छ । तर, माओवादी युद्धका कारण देश पछाडि परेको भन्ने उपसभापति खड्काको प्रतिवेदनमा भने थप छलफल गरिरहेको छ । कांग्रेसले भदौ १५ देखि मंसिर १५ सम्म १०० दिन देशभर संगठनात्मक अभियान चलाउने भएको छ । अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...