Texas College
YouTube Link

समूह चरणको अन्तिम खेलमा आज, पहिलो खेलमा भारत र श्रीलंका तथा दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा

Facebook Link

काठमाडौं: काभा नेसन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका तथा दोस्रो खेलमा अपराह्न ३ बजे नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

 

जारी लिगमा नेपाल उत्कृष्ट लयमा थियो । नेपालले लिगको पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा जितेको थियो । दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरे अनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३-२ ले नतिजा सुम्पियो ।

 

सात अंक सहित भारत शीर्ष स्थानमा छ । समान अंकसहित इरान दोस्रो स्थानमा छ । यद्यपि, भारतले एक खेल कम खेलेको छ । भारतले लिग चरणको अन्तिम खेल सोमबार नै श्रीलंकासँग खेल्ने छ । श्रीलंकालाई पराजित गरे भारतले फाइनल प्रवेशका लागि सेमिफाइन यही टोलीसँग खेल्ने लगभग पक्का हुनेछ ।

 

लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । श्रीलंका ४ अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । यदि श्रीलंकाले भारतलाई पराजित गरे र प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्समाथि नेपालले जित हासिल गरे समिकरण बद्लिन सक्छ । तर, भारत पराजित नभए नेपालले सेमिफाइनलमा इरानकै सामना गर्नुपर्ने हुन्छ । अहिलेसम्मको समिकरण हेर्दा नेपालले सेमिफाइनलमा इरान र भारतले श्रीलंकाको सामना गर्ने लगभग पक्का भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...