YouTube Link

दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

Facebook Link

 

काठमाडौं: आईसिसी टी-२० विश्वकपको सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका १८ रनले विजयी भएको हो ।

 

दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन मात्रै बनाउन सक्यो । अमेरिका एन्ड्रियस गौसले अविजित रहँदै सर्वाधिक ८० रन बनाए । ४७ बल खेलेका उनले समान पाँच चौका र छक्का प्रहार गरे । हरमीत सिंह ३८, स्टीवन टेलर २४ र कोरी एन्डर्सन १२ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दक्षिण अफ्रिकाका कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए । केशव महाराजा, एनरिख नोर्खिये र तबरेज शम्सीले समान एक विकेट लिए ।

 

टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले सर्वाधिक ७४ रन बनाए । ४० बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । कप्तान एडन मार्क्रम ४६ र रिजा हेड्रिक्स ११ रनमा आउट हुँदा हाइनरिक क्यालसन ३६ र ट्रिस्टन स्टब्स २० रनमा अविजित रहे । अमेरिकाका सौरभ नेत्रवलकर र हरमीत सिंहले समान दुई विकेट लिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...