YouTube Link

नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित

World Cup 2026
Facebook Link

 

काठमाडौं: फिफा विश्वकप २०२६ को एसियाली छनोटमा साउदी अरबको दम्माम शहरमा सम्पन्न खेलमा नेपाल युएईसँग ४-० गोल अन्तरले पराजित भएको छ । नेपालले छनौट चरणको ५ खेलमा कुनैपनि गोल नगरी १८ गोल खान पुगेको छ ।

 

युएईसँग नेपाल पहिलो हाफको दुई मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो । हरिब अलमुसार्रकले नै दुवै गोल गरे । खेलको १२औं मिनेटमा अल्दुल्लाह अलहम्मादीको क्रसमा फारपोस्टमा खाली रहेका अलमुसार्रक हेडर प्रहार गर्दै गोल गरे । बल सिधै किरण चेम्जोङको हाततर्फ गएपनि उनले गोल बचाउन सकेनन् । दुई मिनेट पश्चात उनले नै अग्रता दोब्बर बनाए । अली सलेहको उत्कृष्ट पासमा बक्समा रन बनाउँदै अलमुसार्रक ले अग्रता दोब्बर बनाए ।

 

खेलको ३६औं मिनेटपछि नेपालले लगातार तीन मौका खेर फाल्यो । विश्वकप छनोटको दोस्रो चरणमा पहिलो गोलको खोजीमा रहेको नेपालले मौकाको सदुपयोग भने गर्न सकेन । ३६औं मिनेटमा सनिशको क्रसमा जिलेस्पी जंग कार्कीको प्रहार पोस्टको माथिबाट बाहिरियो । अर्को मिनेटमा नेपालले लगातार दुई प्रहार क्रसबारमा प्रहार गर्यो ।

 

सनिशको क्रसमा नै सञ्जीव विष्टको हेडर क्रसबारमा लागेर फर्कियो । त्यसलगत्तै विशाल बस्नेतको प्रहारमा पनि बल ब्लक भएर क्रसबार बाधक बन्यो । खेलको ५३औं मिनेटमा युएईले तेस्रो गोल गर्यो । दोस्रो गोलमा उत्कृष्ट असिस्ट गरेका अली सलेहले बक्सको छेउबाट उत्कृष्ट फिनिश गर्दै अग्रता तीन गोलको बनाए । ७५औं मिनेटमा हसेन मोहम्मदले चौथो गोल गरे । किरण गोललाइन बाट अगाडि आएको मौकामा मैदान मध्यभागबाट उनले गरेको प्रहारले जालि चुमेको थियो ।

 

नेपालका प्रशिक्षण भिन्सेन्जो अल्बर्टो अनेसेले बसन्त जिम्बालाई सुरुवाती रोजाइमा राख्दै डेब्यु दिएको थियो । तर दुई गोल पश्चात नेपालले २१औं मिनेटमा उनी सहित सौभाग्य राईलाई बाहिर निकाल्दै सनिश श्रेष्ठ र छिरिङ लामालाई मैदान प्रवेश गराएका थिए । घरेलु मैदानमा हुनुपर्ने यो खेल दशरथ रंगशाला अयोग्य रहेका कारण साउदी अरब (न्यूट्रल भेन्यू) मा खेलाईएको छ । नेपालले अब छनोटको दोस्रो चरणको अन्तिम खेलमा जेठ ११ गरे यमन विरुद्ध सोहि स्टेडियममा खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...