YouTube Link

उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को गुम्देलमा वडास्थरीय अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न

World Cup 2026
Facebook Link

 

रामेछाप: उमाकुण्ड गाउँपालिकाको वडास्तरीय अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत वडा नम्बर-१ को गुम्देलमा सम्पन्न भएको छ । उमाकुण्ड वडा नम्बर १ द्वारा आयोजित वडा अध्यक्ष ङावा टेण्डु शेर्पाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि शेर बहादुर सुनुवारले विद्यार्थीको संख्या कम हुँदै गएकोले अबको दिनमा विद्यालयहरु मर्जर गरेर सञ्चालन गर्नुपर्ने बताए । आजभोलि गाउँघरमा विद्यार्थीहरुले अध्यन गर्न सहरतिर लाग्दै गर्दा विद्यालयहरु खाली हुदै गएकोमा चिन्ता व्यक्त गरे । विद्यालयका संरचनाहरु राम्रो हुँदै गयो तर विद्यालय खाली हुनु निराशाजनक भएकोले आगामी दिनमा माद्यामिक विद्यालयहरु पनि बन्द हुनसक्ने बताउदै अब विद्यालय मर्जर गर्नुपर्ने बताए ।

 

 

कार्यक्रमको विशिष्ट अतिथि पालिका उपाध्यक्ष सावित्री सुनुवारले कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहुनुपर्नेमा जोड दिँदै शिक्षामा रामेछापको ८ स्थानीय तह मध्ये उमाकुण्डको शिक्षामा पहिलो भएको बताए । शिक्षक र अविभावक नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउँदै सबै मिलेर बालबालिकालाई विद्यालयमा ल्याउनुपर्नेमा जोड दिए । यो कार्यक्रम प्रदेश सरकार मार्फत अहिले चलेको र अबको आर्थिक वर्षबाट स्थानीय सरकारले नै बजेट छुट्याएर कार्यक्रम गर्ने बताए ।

 

 

त्यस्तै वडा अध्यक्ष ङावा टेण्डु शेर्पाले बालबालिकालाई अभिभावकले मोबाइल चलाउन दिएको कारण उनीहरुको पढाईमा बाधा भएको कारण बालबालिकालाई मोबाइलबाट टाढा राख्नुपर्ने धारणा राखे । आगामी दिनमा शिक्षाको निम्ति वडाको लागि सधै अघि बढ्ने बताए । हालसम्म उमाकुण्ड १ मा कुनैपनि बालबालिकाले शिक्षाबाट बञ्चित नभएको बताए । त्यसैगरी पालिकाका शिक्षा शाखा प्रमुख ङावा शेर्पाले  कुनैपनि बालबालिका विद्यालय भन्दा बाहिर भए विद्यालयमा  ल्याउने बताए ।  बालबालिकाको सिकाइ सुधार भएमा मात्र उनीहरुको भविष्य उज्ज्वल हुने बताए । अभिभावकको साझेदारीमा हाल दिवा खाजा सञ्चालन भएको बताए । कार्यक्रममा उमाकुण्डका विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न राजनीति दलका प्रतिनिधि र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...