YouTube Link

क्यानडालाई हराउँदै अमेरिकाको विश्वकपमा विजयी सुरुआत

World Cup 2026
Facebook Link

 

काठमाडौं: आजदेखि वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसिसी टि-२० विश्वकप २०२४ मा अमेरिकाले क्यानाडामाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ । आरोन जोन्सको आक्रामक अर्धशतकसँगै सहआयोजक समेत रहेको अमेरिकाले टी-२० विश्वकपमा विजयी सुरुआत गरेको हो ।

 

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १९७ रन बनायो । अमेरिका आरोन जोन्सले अविजित रहँदै सर्वाधिक ९४ रन बनाए । ४० बल खेलेका उनले ४ चौका र १० छक्का प्रहार गरे । एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए । कप्तान मोनाक पटेल १६ रनमा आउट हुँदा कोरी एनडर्सन ३ रनमा अविजित रहे ।

 

क्यानडाका कलीम सना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिए । त्यसअघि ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए ।

 

जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए । निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे । अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए ।

 

जितसँगै समुह ‘ए’ मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ । अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

 

यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रंगशाला गरि ९ रंगशालामा विश्वकपको खेल हुँदैछ । यस्तै वेस्ट इन्डिजको सिर भिभिन रिचार्ड स्टेडियममा ८, प्रोभिड़न्स स्टेडियममा एक सेमिफाइनलसहित ६, ड्यारेन स्यामी क्रिकेट ग्राउण्डमा ६,अर्नोस भाले स्टेडियममा ५, ब्रायन लारा क्रिकेट एकेडेमीमा एक सेमिफाइनलसहित ५ र केंसिन्टन ओभलमा फाइनलसहित ९ खेल हुनेछ ।

 

प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयरल्यान्ड तथा ९ एसोसिएट राष्ट्रय, अमेरिका, नेपाल, क्यानाडा, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, नामिबिया, ओमान र स्कटल्यान्डले सहभागिता जनाएका छन् । अघिल्लो संस्करण खेलेका जिम्बावे र युएई अनुपस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी विश्वकपमा फर्किएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...