चिकित्सा आयोगको प्रतिवेदन सार्वजनिक {प्रतिवेदनसहित}
वि.सं.२०८० चैत २८ बुधवार १७:१५
1.4K
shares
काठमाडौं: चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ सार्वजनिक भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपछि प्रतिवेदन सार्वजनिक भएको हो ।
सरकारले २०७४ मा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन बनाउन आयोग गठन गरेको थियो । तर, आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सार्वजनिक भने भएको थिएन ।
वि.सं.२०८० चैत २८ बुधवार १७:१५



















