YouTube Link

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको १२औं अधिवेशनको तयारी पूरा, ४३४ प्रतिनिधि चयन

Facebook Link

 

काठमाडौं: नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको १२औं अधिवेशनको तयारी पूरा भएको छ । प्रेस चौतारी नेपाल, रामेछापले बुधबार शंखमुलस्थित ए वान क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले  फागुन २६ गते शनिबार हुने १२ औं सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

 

अधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट नै गराउने तयारी गरिरहेका छौं ।’ उनका अनुसार पार्टी केन्द्रीय कार्यालय तुलसलाल स्मृति प्रतिष्ठान च्यालनमा हुने अधिवेशनको सबै तयारी पूरा भएको छ । उनले अधिवेशनको लागि ८ वटा पालिकाबाट सदस्य संख्याको आधारमा ३०४ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । उनले भने,‘अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुनेछ । यस अगाडिका अधिवेशनमा पनि हामीले सर्वसम्मतरुपमा नेतृत चयन गरेका थियौं । सम्पर्क मञ्चमा कुनै विवाद नरहेकाले यो अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन हुने विश्वास छ ।’

 

सम्पर्क मञ्चमा ४ हजार १६५ जना सदस्य रहेका छन् । अधिवेशनमा सबैभन्दा धरै खाँडादेवी गाउँपालिकाबाट काठमाडौंमा बस्ने सदस्यमध्येबाट १११ जना प्रतिनिधि सहभागी हुने रामेछाप-काठमाडौं सम्पर्क मञ्चका सचिव रवीन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार मन्थली नगरपालिकाबाट ५१, लिखु तामाकोशी गाउँपालिकाबाट ४१, रामेछाप नगरपालिका २६, दोरम्बा शैलुङ गाउँपालिकाबाट २५, गोकुलगंगा गाउँपालिकाबाट १९, सुनापति गाउँपालिकाबाट १९ र सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाबाट १२ जना सहभागी रहनेछन् ।

 

त्यसैगरी आयोजक कमिटीबाट ७९, सल्लाहकार ४५ र जनवर्गीय संगठन ६ जनासमेत गरेर जम्मा ४३४ प्रतिनिधिले अधिवेशनमा भाग लिने भण्डारीले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...