Texas College
YouTube Link

नामिबियामाथि नेपाल तीन रन विजयी

Facebook Link

 

काठमाडौं: त्रिकोणात्मक टि-२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन जोड्न सक्यो ।

 

जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

 

नामिबियाका कप्तान स्मिट र फ्रिलिंकको साझेदारीसँगै खेलमा फर्केको थियो । दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले १६औं र १७औं ओभरमा दुवैलाई आउट गर्दै कसिलो बलिङ गरेपछि नेपाल खेलमा फर्कियो । अन्तिम ओभरमा नामिबियालाई जितको लागि १२ रन चाहिएको अवस्थामा करण केसीले बलिङ गरेका थिए । सुरुवाती २ बलमा सिंगल दिएपछि करणले तेस्रो बलमा ग्रीनलाई बिट गरे । चौथो बलमा करणको वाइड भयो । पाँचौ बलमा करणले ट्रम्पलम्यानको विकेट लिए । अन्तिम बलमा स्कोल्जले चौका प्रहार गरेपनि नेपाल जित निकाल्न सफल भयो ।

 

त्यसअघि ब्याटिङको निम्तो पाएको नेपालका लागि मध्यक्रममा आरिफ शेख र कुशल मल्लको साझेदारीमा बलियो योगफलतर्फ पुर्याए । कुशलले ३६ बलमा १ चौका र ४ छक्कासहित ५४ रनको योगदान दिए । ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने । उनले २ बलमा १ रन जोडे । कप्तान रोहित पौडेल ९ बलमा १० रन जोड्दै चौथो ओभरको चौथो बलमा क्याच आउट भए ।

 

ओपनर अनिल शाह ७औं ओभरको अन्तिम बलमा कट बिहाइन्ड भए । उनले १७ बलमा ३ छक्कासहित २३ रन बनाए । त्यसको २ बलपछि गुलशन झा पनि आउट भए । १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोडेका उनी बर्नार्ड स्कोल्जको एलबीडब्लु धरापमा परे ।

 

५औं विकेटका लागि आरिफ र कुशलले ८५ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफलतर्फ लम्काए । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए । १७औं ओभरमा ब्रेसलविरुद्ध ठूलो सट खेल्ने धुनमा उनी डिप मिड विकेट बाउन्ड्रीमा फ्रिलिंकको हातबाट क्याच आउट भए । दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै शिकोंगोको एलबीडब्लु धरापमा परे । करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...