YouTube Link

आज प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित ७ वटा कार्यसूची सार्वजनिक, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

Facebook Link

 

काठमाडौं: आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ ।

 

पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धि पत्र सभामुखले पढेर सुनाउनेछन् । दोस्रो कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन् । सांसदसँगको प्रत्यक्ष प्रश्न-उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन् ।

 

प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहेपनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन् । यस्तै नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्नेछन्। कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाएका छन् । ती प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन् ।

 

प्रधानमन्त्रीको प्रश्नोत्तरपछि राष्ट्रियसभाबाट उत्पत्ति भएको शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सन्देशसहित टेबुल हुनेछ । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभाबाटै उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धि प्रतिवेशन पेर गर्ने कार्यसूची छ ।

 

त्यस्तै सांसद प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व पहिलो संशोधन अध्यादेशलाई अश्वीकार गरियोस् भनि राखेको प्रस्ताव सभामा निर्णायार्थ पेश हुनेछ ।  त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व सम्बन्धी अध्यादेलाई स्वीकृत गिरियोस भनि निर्णायार्थ पेश गर्ने छन् ।

 

त्यसपछि अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय (दोस्रो संशोधन) विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने छन् । यी बाहेक सांसदका कुरा सुन्न शून्य समयको व्यवस्था हुने संसद सचिवालयले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...