यी २२ ठेकेदार कम्पनीहरु परे कालोसूचीमा
वि.सं.२०८० माघ १५ सोमवार ११:०६
2.5K
shares
काठमाडौं: सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा राखिएको अवधिभर निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ । कालोसूचीमा परेका आपूर्तिकर्ताहरुमा श्री लोहनी एण्ड ब्रदर्स प्रा.लि. चितवन, श्री जे.जे. विल्डर्स बाँके, श्री सर्मिला निर्माण सेवा, कालीकोट, श्री ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रा.लि. लगायत छन् ।
ती कम्पनीहरूलाई न्यूनतम ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राखिने उल्लेख गरिएको छ । कालोसूचीमा रहेको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
सूचनाः

वि.सं.२०८० माघ १५ सोमवार ११:०६




















