आज तीन खेलहरु हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र भारत भिड्ने
वि.सं.२०८० पुस २८ शनिवार ०८:५९
2.2K
shares
एजेन्सी: एएफसी एसियन कप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । अपराह्न ५:१५ बजे समूह ‘बी’ मा रहेका अष्ट्रेलिया र भारतबीच खेल हुनेछ । बेलुकी ८:१५ बजे समूह ‘ए’ चीन र ताजिकिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने समूह ‘बी’ मा रहेका सिरिया र उज्बेकिस्तान राति ११:१५ बजे भिड्नेछन् ।
यसअघि उद्घाटन खेलमा साविक विजेता कतारले एएफसी एसियन कप २०२३ मा विजयी सुरुवात गरेको छ । आयोजक समेत रहेको कतारले शुक्रबार लेबनानलाई ३-० हराउँदै उपाधि रक्षाको सफल सुरुवात गरेको हो । कतारका लागि अक्रम अफिफले २ र अर्को गोल अल्मोएज अलिले गरेका थिए ।
वि.सं.२०८० पुस २८ शनिवार ०८:५९


















