YouTube Link

संसदीय समितिमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

Facebook Link

काठमाडौं: सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बालकुमारी घटनाबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले मन्त्री श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।

सोमबार बिहान मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) अन्तर्गत छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको गृहमन्त्री श्रेष्ठले जानकारी गराएपछि राईले भने, ‘उक्त समितिले तपाईंले गृहमन्त्रीबाट राजीनामा नदिसम्म छानबिन गर्न सक्दैन । हुँदैन ।’

‘मन्त्रीको पीएसओ, डीएसपी, सिडियोलाई निलम्बन किन गर्नुहुन्छ ? पहिला तपाईं आजै राजीनामा दिनुहोस्, कर्मचारीलाई मात्रै कारबाही नगर्नुस् ।’ उनले भने, ‘मन्त्रीले भनेपछि पीएसओ खुरुखुरु हिड्न पर्छ तपाईं उसलाई किन कारबाही गर्नुहुन्छ ।’ राईले आज नै पत्रकार सम्मेलन गरेर उनलाई राजीनामा दिन सुझाव दिए । उनले भने, ‘रोजगार देउभन्दा गोली हान्ने ? मान्छे मार्ने, युवालाई मार्न आदेश दिने ? तपाईंले शान्ति सुरक्षा कायम गर्नु भएन ।’

समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्ने कि सरकाले गोली हान्ने उनले प्रश्न गरे  गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहीको मृत्यु भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...