YouTube Link

पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै ललितपुर सिटी एफसी फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अतिरिक्त समयसम्म लम्बिएको खेलमा ललितपुरले खेलको ३३औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले ललितपुरलाई अग्रता दिलाए । दोस्रो हाफमा पापा अनोरले पोखराका लागि बराबरी गोल फर्काए । अतिरिक्त समयमा कुशल देउवाले गरेको गोल नै निर्णायक बन्यो ।

लिग तालिकामा शिर्ष स्थान हासिल गरेको पोखरा पहिलो क्वालीफायरमा धनगढी विरुद्ध टाईब्रेकरमा पराजित हुँदै दोस्रो क्वालीफायर खेल्न बाध्य भएको हो भने ललितपुर इलिमिनेटरमा काठमाडौँलाई ३-० ले पराजित गर्दै यहाँको यात्रा तय गरेको हो । आजको विजेता ललितपुरले धनगढी एफसीसँग शनिवार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पाउनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...