बसको ठक्करबाट सिन्धुलीमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
वि.सं.२०८० पुस ९ सोमवार ११:४५
3.7K
shares
सिन्धुलीः सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएस्पी चिरञ्जीवी दाहालले जानकारी दिए ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा६०प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक मन्थली-१३ का २४ वर्षीय रूपेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । बसमा आगजनी भएपछि घटनास्थलमा सिन्धुलीका प्रहरी टोली परिचालन गरिएको छ ।

वि.सं.२०८० पुस ९ सोमवार ११:४५




















