YouTube Link

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, पुनः सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन

World Cup 2026
Facebook Link

धादिङ: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नारायण सिलवालको अध्यक्षता र त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सर्वसम्मत पुनः नारायण सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

 

बुधबार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकी केरिना शाक्य सर्वसम्मत चयन भएका छन् ।

 

प्रदेश समितिको सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्धव श्रेष्ठ चयन भएका छन् ।

 

 

त्यसैगरी फोटो पत्रकार समूह धादिङ जिल्ला शाखाको अधिवेशनले पनि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । धादिङ जिल्ला शाखाको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मत  निर्वाचित भएका छन् ।  धादिङ जिल्ला शाखाको तेस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठसहित उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह–सचिवमा सीता सापकोटा(शीतल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् । सदस्यहरूमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।

 

उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रिय समितिका पदाधिकारी सहित कार्य समितिका सदस्यहरू, बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरु, विभिन्न पत्रकार संगठनका प्रमुख तथा पत्रकारहरु, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाअध्यक्ष सहित पाँच दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...