YouTube Link

पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्व राजा शाह झापामा

Facebook Link

 

झापा: बिर्तामोडस्थित इकोम कलेजको आयोजनामा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार अपराह्न झापा आइपुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बसेका छन् ।

 

आज पूर्व राजा शाह इकोम कलेजको आयोजनामा हुने सालिक अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कलेजकै कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा शाहलाई मौका छोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजवादी पक्षधरहरूले उनको पक्षमा बृहत् स्वागत र्‍याली निकाल्ने भएका छन् ।

 

मेची रिसोर्टबाट निस्कन साथ पूर्व राजा शाहलाई राप्रपा कार्यकर्ता र राजवादी पक्षधरहरूले  मोटरसाइकल स्कर्टिङ गरी बिर्तामोडसम्म लैजाने कार्यक्रम रहेको जनाइएको छ । अहिले राप्रपा कार्यकर्ता र राजवादी पक्षधरको धुलाबारीमा जमघट भइरहेको छ ।

 

इकोम कलेजले सालिक अनावरण कार्यक्रमको तयारी पूरा गरिसकेको जनाएको छ । कलेजभन्दा बाहिर अरूले राजनीतिक कार्यक्रम गर्न खोजेपनि कलेजको प्राङ्गणभित्र राजनीतिक गतिविधि हुन नदिने कलेजका अध्यक्ष आलोक कार्कीले बताएका छन् । पूर्व राजा शाहको हातबाट सालिक अनावरण र कलेज उद्घाटन कार्यक्रम रहेको उनले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...