YouTube Link

नेदरल्यान्ड्सविरुद्ध भारत १६० रनको फराकिलो जित

World Cup 2026
Facebook Link

 

एजेन्सी: आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध भारतले १६० रनको फराकिलो जित निकालेको छ । बैंगलोरको एम चिन्नस्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्स सामु ४१० रनको लक्ष्य दिएको थियो ।

 

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४७ दशमलव ५ ओभरमा २५० रन बनाउँदा सबै विकेट गुमायो । नेदरल्यान्ड्सका तेजा निदामानुरु अर्धशत प्रहार गरे । उनले ३९ बलमा ५४ रन जोडे । साइब्रान्ड एन्जलब्रेच्टले ४५ रन जोडे ।

 

बलिङतर्फ भारतका जसप्रित बुम्रहा, मोहम्मेद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई-दुई विकेट लिए भने विराट कोहली र रोहित शर्माले समान एक-एक विकेट लिए । त्यसअघि पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र सुभमन गीलले ७१ बलमा १ सय रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । रोहित ६१ रन र गिल ५१ रनमा आउट भए ।

 

विराट कोहली ५१ रन बनाएर आउट भए । चौंथौ विकेटका लागि श्रेयस आय्यर र के एल राहुलले १२८ बलमा २०८ रनको साझेदारी गरे । ६२ बलमा शतक पूरा गरेका राहुल भारतका लागि विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने ब्याटर बने । उनी १०२ रनमा आउट भए । श्रेयस १२८ रनमा नट आउट रहे । विश्वकपमा उनको पहिलो शतक हो । विश्वकप क्रिकेटमा टप अर्डरका पाँच ब्याट्सम्यानले ५० रन माथि बनाएको यो पहिलो पटक हो ।

 

नेदरल्यान्ड्सका बास डे लीडेले २ तथा पोल भ्यान मिकरेन, मर्वेले १-१ विकेट लिए । समूह चरणमा लगातार ९ खेलमा जित निकालेको भारत अपराजित रहँदै सेमिफाइनलमा पुग्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...