म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेड विजयी
वि.सं.२०८० कात्तिक ५ आइतवार ०७:४९
2K
shares
एजेन्सी: इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले जित दर्ता गरेका छन् । सिटीले ब्राईटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
सिटीका लागि पहिलो गोल सातौं मिनेटमा जुलियन अल्भारेजले गरेका थिए । खेलकव १९औं मिनेटमा एरलिङ हालान्डले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८३औं मिनेटमा बार्सिलोनाबाट लोनमा गएका अन्सु फाटीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि ब्राईटनले खेलबाट कुनै अंक हासिल गर्न सकेन ।
जितपछि म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको नौं खेलमा २१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको नौं खेल २० अंक छ । एक खेल कम खेलेको टोटेनहमको २० अंक छ ।
यस्तै अर्को खेलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई ४-० ले हराएको हो । न्युक्यासलको जितमा जेकब मर्फि, एन्थोनी गोर्डन, सन लङ्गस्टाफ र क्यालम विल्सनले एक एक गोल गरे । जितपछि न्युक्यासल नौं खेलमा १६ अंक सहित पाँचौं स्थानमा उक्लिएको छ । समान नौं खेलमा १२ अंक रहेको प्यालेस १०औं स्थानमा छ ।

यस्तै सोही समयमा भएका खेलमा वल्भसले बर्नमाउथलाई २-१ ले पराजित गर्दा ब्रेन्टफोर्डले बर्नलीलाई ३-० ले पराजित गर्यो। यस्तै नटिङघम फरेस्ट र लुटन टाउनले २-२ बराबरी खेले ।
वि.सं.२०८० कात्तिक ५ आइतवार ०७:४९



















